गरिबको तरकारी बाटोमा फालेर ‘दाहाल-नेपाल’ महान क्रान्तीकारी बन्न खोजे : प्रधानमन्त्री ओली « Khabarhub

गरिबको तरकारी बाटोमा फालेर ‘दाहाल-नेपाल’ महान क्रान्तीकारी बन्न खोजे : प्रधानमन्त्री ओली


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कृषि क्षेत्रको विकासको बाधक माधवकुमार नेपाल भएको आरोप लगाएका छन् ।

विहीबार काठमाडौँमा अखिल नेपाल किसान संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको विकासमा बाधक माधव नेपाल बनेको आरोप लगाएका हुन।

‘हामीले काम गर्न भनेर आयोग घोषणा गर्न खोज्यौँ । उहाँ उफ्रिहाल्नुहुन्छ’ उनले भने, ‘कृषि र भूमिको क्षेत्रमा सबैभन्दा धेरै समस्या पार्ने नेता उहाँ नै हो ।’

उनले गरिबको तरकारी सडकमा फालेर ‘दाहाल–नेपाल’ महान क्रान्तीकारी बन्न खोजेको आरोप लगाए ।

उनले भने, ‘गरिबले बेच्न राखेको तरकारी सडकमा फालेर प्रचण्ड-माधवहरु महान क्रान्तीकारी बन्न खोज्दै हुनुहुन्छ । दुःख कष्ट गरेर उब्जाएको तरकारी सडकमा फालेर उहाँहरुले आफूलाई महान क्रान्तीकारी देखाउनुभयो ।’

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ५ : ३४ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर