गरिबको तरकारी बाटोमा फालेर 'दाहाल-नेपाल' महान क्रान्तीकारी बन्न खोजे : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

गरिबको तरकारी बाटोमा फालेर ‘दाहाल-नेपाल’ महान क्रान्तीकारी बन्न खोजे : प्रधानमन्त्री ओली


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कृषि क्षेत्रको विकासको बाधक माधवकुमार नेपाल भएको आरोप लगाएका छन् ।

विहीबार काठमाडौँमा अखिल नेपाल किसान संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको विकासमा बाधक माधव नेपाल बनेको आरोप लगाएका हुन।

‘हामीले काम गर्न भनेर आयोग घोषणा गर्न खोज्यौँ । उहाँ उफ्रिहाल्नुहुन्छ’ उनले भने, ‘कृषि र भूमिको क्षेत्रमा सबैभन्दा धेरै समस्या पार्ने नेता उहाँ नै हो ।’

उनले गरिबको तरकारी सडकमा फालेर ‘दाहाल–नेपाल’ महान क्रान्तीकारी बन्न खोजेको आरोप लगाए ।

उनले भने, ‘गरिबले बेच्न राखेको तरकारी सडकमा फालेर प्रचण्ड-माधवहरु महान क्रान्तीकारी बन्न खोज्दै हुनुहुन्छ । दुःख कष्ट गरेर उब्जाएको तरकारी सडकमा फालेर उहाँहरुले आफूलाई महान क्रान्तीकारी देखाउनुभयो ।’

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ५ : ३४ बजे

भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

खोटाङ– राष्ट्रिय भूमि आयोगले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका भूमिहीन तथा

पुटिनले युक्रेन युद्धविराममा निराश पारे : ट्रम्प

वाशिङटन् – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भ्लादिमिर पुटिनले युक्रेनमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

आज संविधान दिवस : टुँडिखेलमा मूल कार्यक्रम

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष