ओलीले अधिनायकवादी चरित्र देखाउन थालेको नेता नेपालको आरोप (भिडियोसहित) « Khabarhub

ओलीले अधिनायकवादी चरित्र देखाउन थालेको नेता नेपालको आरोप (भिडियोसहित)


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलेले एकपछि अर्को अधिनायकवादी चरित्र देखाउन थालेको आरोप लगाएका छन ।

आमहड्तालको निरिक्षण गर्न काठमाडौंका विभिन्न स्थानमा पुगेका अध्यक्ष नेपालले अहिलेका कामचलाउ प्रधानमन्त्री ओली संविधान मिच्दै अघि बढेको र एकपछि अर्को अधिनायकवादी चरित्र देखाउन थालेको आरोप लगाएका हुन ।

नेपालले संवैधानिक आयोगका पदाधिकारीहरुको जबर्जस्ती शपथ गराइएको भन्दै आयोगमा गरिएको नियुक्ति प्रक्रिया नै गलत रहेको दाबी गरे ।

हेरौँ भिडियो

अधिनायकवादको विरुद्धमा जनतालाई विरोध जनाउनुस् भनेर आमहड्ताल आह्वान गरेको उनले बताए । उनले ओलीले प्रतिनिधिसभाको ‘हत्या’ गर्ने प्रयास गरेको र संविधान कुल्चने काम गरेको जिकिर गरे ।

आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट हस्तक्षेप भएको भन्दै उनले आपत्ति जनाए ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ५ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै