आईसीसी विश्वकप लिग-२ : क्यानले क्याम्पमा बोलायो ३२ खेलाडी, भेट्रान स्पिनर रेग्मी परेनन् « Khabarhub

आईसीसी विश्वकप लिग-२ : क्यानले क्याम्पमा बोलायो ३२ खेलाडी, भेट्रान स्पिनर रेग्मी परेनन्



काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग २ का लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।

विहीबार बेलुकी क्यानले सार्वजनिक गरेको खेलाडी सूचिमा अधिकाशं खेलाडी नयाँ छन् । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा राम्रो प्रदर्शन गरेका खेलाडी बन्द प्रशिक्षणमा बोलाइएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जनाए ।

क्यानले माघ २४ अर्थात् शनिबारबाट पहिलो चरणको प्रशिक्षण सुरु हुने जानकारी गराएको छ । जसमा २१ जना खेलाडी सहभागी हुनेछन् भने बाँकी खेलाडी दोस्रो चरणमा क्याम्पमा जोडिने उनले बताए ।

क्यानले पहिलो चरणका लागि बोलाएका खेलाडी

पृथु बास्कोटा, सौरभ खनाल, बिक्रम शोव, राजेश पुलामी मगर, रौहित कुमार पौडेल, सुशान भारी छन् । यस्तै, क्यानले साहब आलम, सन्दीप जोरा, कमलसिंह ऐरी, आसिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, ललित राजवंशी, हरिशंकर शाहलाई बोलाएको छ भने विवेक यादव, राम नरेश गिरी, अर्जुन कुमाल, कृष्ण कार्की, खड्गबहादुर बोहरा, अनुज चुनारा र पवन शर्राफलाई पहिलो चरणको क्याम्पका लागि बोलाएको छ ।

पहिलो चरणको क्याम्प १ हप्ताको हुने सम्भावना रहेको सचिव प्याकुरेलले बताए ।

‘पहिलो चरणको क्याम्प सम्भवत १ साताको हुनेछ । सबै खेलाडी एकै पटक बोलाउँदा प्रशिक्षण प्रभावकारी नहुनेभन्दै दुई चरणमा बोलाइएको हो,’ सचिव प्याकुरेलले भने ।

दोस्रो चरणका लागि बोलाइएको खेलाडी

क्यानले अनुभवी खेलाडीलाई दोस्रो चरणका लागि बोलाएको छ । जसमा शरद भेषावकर, अभिनाश बोहरा, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने छन् । यस्तै, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ललाइृ दोस्रो चरणका लागि बोलाइएको छ ।

यस पटक राष्ट्रिय टोलीका भेट्रान स्पिनर वसन्त रेग्मी भने क्यानले क्याम्पका लागि बोलाएको टोलीमा अटाएका छैनन् ।इन्जुरीका कारण रेग्मीले प्रधानमन्त्री कपमा पनि केही खेल गुमाएका थिए ।

‘को खेलाडी परे परेनन् भन्ने कुरा नितान्त छनोट समितिको हो । यसमा हामीले केही भन्न सक्दैनौं,’ सचिव प्याकुरेलले वसन्त रेग्मीबारे गरेको प्रश्नमा भने ।

नेपालले मार्च महिनामा ओमान र अमेरिकासँग ओमानमा आफ्नो दोस्रो सिरिज खेल्दैछ ।

यसअघि काठमाडौंमा खेलेको नेपालले अमेरिकासँगका दुई खेल जितेको थियो भने ओमानसँगका दुई खेलमा हार व्येहोरेको थियो ।

मुख्य प्रशिक्षकका रुपमा अस्ट्रेलियन पूर्व क्रिकेट डेभ वाटमोर आएपछि क्यानले पहिलो पटक क्याम्प बोलाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ९ : २१ बजे

चुनाव जितेपछि भाजपा कार्यकर्ताले कोलकातास्थित टीएमसी कार्यालयमा चलाए बुलडोजर

कोलकाता- भारतको पश्चिम बंगालमा विधानसभा चुनावको नतिजा सार्वजनिक भएसँगै राजनीतिक

प्रहरी परिवारका लागि निःशुल्क आँखा स्वास्थ्य सेवा

विराटनगर- नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति सङ्घबीच बहालवाला तथा

टेक्सासमा भएको गोली हानाहानमा, दुई जनाको मृत्यु, तीन घाइते

एजेन्सी– अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै

सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र पेस गर्न प्रशासनको परिपत्र

टक्सार– जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका स्थानीय तहलाई सरकारी तथा सार्वजनिक

संविधान संशोधनबारे पूर्वमहान्याधिवक्ताहरूसँग संवाद गर्दै कार्यदल

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज