१ लाख ५८ हजारले लगाए कोरोना विरुद्धको खोप « Khabarhub

१ लाख ५८ हजारले लगाए कोरोना विरुद्धको खोप


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप विहीबारसम्म १ लाख ५८ हजार ४८७ ले लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ७७ जिल्लाका २०१ खोपकेन्द्रबाट एक लाख ५८ हजार ४८७ ले खोप लगाएको जानकारी दिए ।

उनकाअनुसार प्रदेश– १ मा २१ हजार ७५४, प्रदेश–२ मा २१ हजार १८५, बागमती प्रदेशमा ५५ हजार ५०४, गण्डकी प्रदेशमा १७ हजार २६७, लुम्बिनी प्रदेशमा २३ हजार ७९८, कर्णाली प्रदेशमा आठ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९०७ ले खोप प्राप्त गरेका छन् ।

मन्त्रालयले पहिलो चरणको खोप अभियान यहि माघ २४ गतेसम्म चल्ने भएकोले सूचना प्रणालीमा दर्ता नभएका कारण खोप सेवा लिनबाट वञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाला नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाण पत्र र फोटोसहितको परिचय पत्र लिई आएमा सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

यहि माघ १४ गतेदेखि भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा उक्त खोप लगाउन थालिएको हो ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ९ : ३५ बजे

सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता

दुई अर्ब ३१ करोड राजस्व संकलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा दुई अर्ब ३१

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो (तस्बिरहरु)

काठमाडौं– चाँगुनारायणको परम्परागत कलश यात्रा अन्तर्गत आज साउन शुक्ल द्वादशीका

सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो