‘नक्कली म्यासेज’ बनाई दुष्प्रचार गरिएको भन्दै सूर्य थापाले पोखे आक्रोश « Khabarhub

‘नक्कली म्यासेज’ बनाई दुष्प्रचार गरिएको भन्दै सूर्य थापाले पोखे आक्रोश


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो नाममा  ‘फेक म्यासेज’ बनाएर प्रचण्ड-नेपाल पक्षबाट भ्रम फैलाएको भन्दै आक्रोश पोखेका छन् ।

सूर्य थापाको फेसबुक पोस्ट भन्दै सामाजिक सञ्जालमा भोलि दरबारमार्गमा आयोजना गरिने कार्यक्रम स्थगित गरिएको भनेर भ्रम फैलाइएकोप्रति उनले आक्रोश पोखेका हुन ।

उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘मेराे फेसबुक आइडीलाई स्क्रीन सट गरी नक्कली म्यासेज बनाई साेसल मिडियामा व्यापक रूपमा दुष्प्रचार गर्न यस्ताे अपराधिक गिराेह कुत्सित सक्रियतामा संलग्न रहेकाेमा म उक्त कार्यप्रति खेद प्रकट गर्दछु ।’

उनले भोलि हुने गरी तयारी भइरहेको निर्धारित कार्यक्रम दिउँसो १२ बजे नारायणहिटी गेटमा हुने  बताएका छन ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका केही ‘स्क्रिन सट’ राख्दै उनले  यसरी नक्कली कार्यबाट दुष्टतापूर्वक भ्रमको खेती गर्नेहरूप्रति सावधान रहन र अन्योलमा नपर्न  सम्बद्ध सबैमा अनुरोध पनि गरेका छन ।

उनले फेसबुकमा यस्तो लेखेका छन

माधवकुमार नेपालका कान्छा भाइ सराेज उपाध्यायसहितकाे यस घिनलाग्दाे अपराध कर्मकाे निन्दा गर्दछु –
माझण्ड गुटका अपराधिक…

Posted by Surya Thapa on Thursday, 4 February 2021

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  १० : २२ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना