जर्ज वासिङ्टनको एक प्रेरक प्रसङ्ग « Khabarhub

जर्ज वासिङ्टनको एक प्रेरक प्रसङ्ग


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्ज वासिङ्टन अमेरिकाका पहिलो राष्ट्रपति थिए ।

६ वर्षको उमेर हुँदा उनले आफ्नो बाबुबाट उपहारस्वरुप एउटा सानो बन्चरो पाए । उनलाई त्यो बन्चरो राम्रो लाग्यो ।

उनले त्यसको प्रयोग गर्ने बारेमा सोचे । उनी बगैँचामा गए र साना–साना विरुवामाथि चलाउन थाले । काट्दै जाँदा उनले स्याउको एउटा रुख काट्न थाले । रुख धेरै ठूलो थियो । त्यसैले गहिरोसँग काट्दा पनि ढलेन ।

साँझ बगैँचा घुम्ने क्रममा उनका बाबु रुखको हालत देखेर असाध्यै रिसाए । उनले चिच्याउँदै सोधे— यो कसले गरेको हो < त्यसलाई म छाड्ने छैन ।

जर्जले बुवा रिसाएको देखे । उनी डराउँदै डराउँदै बाबुको अगाडि पुगे र भने— यो सबै मैले गरेको हुँ ।

बाबुको झापु खान उनी शिर झुकाएर उभिए । तर उनका बाबुले उनलाई काखमा राखे र मायालु शब्दमा भने मलाई धेरै खुशी लाग्यो छोरा । तिमीले साँचो कुरा बतायौ । म आफ्ना सारा रुखको हानी सहन सक्छु तर आफ्नो छोराले झुटो बोलेको सहन सक्तिनँ ।

तिनै बाबुका छोरा पछि अमेरिकाको पहिलो राष्ट्रपति बने ।

साभारः महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु किताबबाट

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ५ : २२ बजे

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६