काठमाडौँ- जर्ज वासिङ्टन अमेरिकाका पहिलो राष्ट्रपति थिए ।
६ वर्षको उमेर हुँदा उनले आफ्नो बाबुबाट उपहारस्वरुप एउटा सानो बन्चरो पाए । उनलाई त्यो बन्चरो राम्रो लाग्यो ।
उनले त्यसको प्रयोग गर्ने बारेमा सोचे । उनी बगैँचामा गए र साना–साना विरुवामाथि चलाउन थाले । काट्दै जाँदा उनले स्याउको एउटा रुख काट्न थाले । रुख धेरै ठूलो थियो । त्यसैले गहिरोसँग काट्दा पनि ढलेन ।
साँझ बगैँचा घुम्ने क्रममा उनका बाबु रुखको हालत देखेर असाध्यै रिसाए । उनले चिच्याउँदै सोधे— यो कसले गरेको हो < त्यसलाई म छाड्ने छैन ।
जर्जले बुवा रिसाएको देखे । उनी डराउँदै डराउँदै बाबुको अगाडि पुगे र भने— यो सबै मैले गरेको हुँ ।
बाबुको झापु खान उनी शिर झुकाएर उभिए । तर उनका बाबुले उनलाई काखमा राखे र मायालु शब्दमा भने मलाई धेरै खुशी लाग्यो छोरा । तिमीले साँचो कुरा बतायौ । म आफ्ना सारा रुखको हानी सहन सक्छु तर आफ्नो छोराले झुटो बोलेको सहन सक्तिनँ ।
तिनै बाबुका छोरा पछि अमेरिकाको पहिलो राष्ट्रपति बने ।
साभारः ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट
प्रतिक्रिया