महाशिवरात्रिअघि पछिका शनिबार वाग्मती सफाइ पशुपति क्षेत्र केन्द्रित हुँने « Khabarhub

महाशिवरात्रिअघि पछिका शनिबार वाग्मती सफाइ पशुपति क्षेत्र केन्द्रित हुँने


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिने उद्देश्यले फागुन २२ र २९ गतेको वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित हुने भएको छ ।

वाग्मती सफाइ महाअभियानको बुधबारको बैठकले महाशिवरात्रिअघि र पछिका दुई शनिबार क्रमशः ४०८ औँ र ४०९ औँ हप्ताका कार्यक्रम पशुपति क्षेत्र केन्द्रित गरी गर्ने निर्णय गरेको हो ।

महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा देश विदेशबाट लाखौँ भक्तजन आउने पर्वअघि र पछिका दुवै शनिबारको सफाइ महाअभियान पशुपति क्षेत्र केन्द्रित गरी गर्न लागिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

दुवै कार्यक्रम पशुपति क्षेत्रको सूर्यघाटबाट आर्यघाटको बाँधसम्म सफाइ गर्ने गरी तय गरिएको छ । बैठकमा नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सहभागिता थियो ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई महाशिवरात्रिमा भक्तजनलाई स्नान गर्न स्वच्छ पानी व्यवस्था गरिदिन अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान सात वर्षदेखि निरन्तर जारी छ । जाडो, गर्मी, चाडपर्व, भूकम्प, नाकाबन्दी, कोरोना भाइरसको महामारीलगायत प्रतिकूल अवस्थामा पनि अभियानकर्मीले सहजै वाग्मती सफाइ गर्दै आएका छन् ।

वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदीसहित चक्रपथ विभिन्न खण्ड, महत्वपूर्ण सांस्कृतिकस्थलमा पनि सफाइ अभियान शुरू भएको छ ।

वाग्मतीको पनि गुह्येश्वरीमाथिको खण्ड, तिलगङ्गा, सुन्दरीघाटलगायत स्थानमा पनि छुट्टाछुट्टै सफाइ अभियान चलिरहेको छ ।

वाग्मती नदी किनारका विभिन्न पुरातात्विक, धार्मिक, सांस्कृतिक र पौराणिक दृष्टिले महत्वपूर्णस्थलमा विशेष मेला, पर्व, जात्रा परेका बेला सफाइ महाअभियान त्यहीँ केन्द्रित हुने गरेको छ । यसैले महाशिवरात्रिअघि र पछिका सफाइ महाअभियान पशुपति क्षेत्र केन्द्रित गर्न लागिएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ६ : ३९ बजे

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको