पहाडी भेगमा हल्का वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमानसहित) « Khabarhub

पहाडी भेगमा हल्का वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमानसहित)


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आज मुलुकका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोलि र पर्सी पहाडी भेगमा हल्का वर्षा हुन सक्ने उल्लेख छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फागुन २० गते (बिहिबार)

दिउँसो :  देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागहरुको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागहरुको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन २१ गते (शुक्रबार)

दिउँसो :  देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।  प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।  प्रदेश १ को पहाडी भू-भागहरुको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन २२ गते (शनिबार)

दिउँसो :  प्रदेश १ को पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।  प्रदेश १ को पहाडी भू-भागहरुको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।  प्रदेश १ को पहाडी भू-भागहरुको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ८ : २१ बजे

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी