ब्लड बैंकको तयारीमा सोनू « Khabarhub

ब्लड बैंकको तयारीमा सोनू


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बईं– बलिउड अभिनेता सोनू सूदले कोरोना भाइरसको महामारीका समयमा समाजसेवाको जुन मिसन सुरु गरे, त्यो अलग–अलग रुपले अहिले पनि जारी छ । अब सोनूले देशको सबैभन्दा ठूलो ब्लड बैंक बनाउने योजना बनाएका छन् ।

सोनुले हालैमात्र एक भिडियो सामाजिक सञ्जालमा राख्दै यो कुराको खुलासा गरेका हुन् । उनले रगतको आवश्यकता परेका व्यक्तिलाई जोड्नका लागि बैंक सुरुवात गर्न लागेको बताएका छन् ।

दैनिक जागरणका अनुसार भारतमा हरेक घण्टा १२ हजार मानिसहरु रगतको अभावमा मृत्युवरण गरिरहेकाले त्यो बीस मिनेटमा जोकोहीलाई पनि बचाउन सकिने भन्दै सोनुले ब्लड बैंक शुरुवात गर्न लागेका हुन् । ‘आउनुहोस्, ज्यान बचाऊँ । तपाईंको आफ्नो ब्लड बैंक चाँडै आउँदैछ’, उनले लेखेका छन् ।

सोनूले यो अभियानका लागि ‘सोनू फर यू’ नामको एक एप सार्वजनिक गर्दैछन्, जो रक्तदातालाई अत्यावश्यक रगत चाहनेसँग जोड्ने काम गर्छ । यो बैंकका माध्यमबाट दुर्लभ रक्त समूहको रगत उपलब्धतामा सुनिश्चित हुने सोनूको दाबी छ ।

सोनूले यो एपको योजना उनको साथी जोनसनको साथ मिलेर बनाएका हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ९ : १५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी