‘विप्लव’ समूहमाथिको प्रतिबन्ध हट्यो, सरकारसँग तीन बुँदे सहमति « Khabarhub

‘विप्लव’ समूहमाथिको प्रतिबन्ध हट्यो, सरकारसँग तीन बुँदे सहमति

भोलि प्रधानमन्त्री ओली र महासचिव 'विप्लव'ले संयुक्त सम्बोधन गर्ने


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ ।

बिहीबार सरकार र विप्लव समूहको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।

बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई र मुद्दा खारेजी लगायतका विषय रहेका छन् ।

सहमतिको विस्तृत विवरण भोलि दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने जनाइएको छ ।

समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीकातर्फबाट महासचिव ‘विप्लव’ले सम्बोधन गर्ने जनाइएको छ ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

यस्तो छ सहमतिपत्र

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ११ : ०२ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई