चलचित्र पत्रकार संघ सुनसरीमा विनोद « Khabarhub

चलचित्र पत्रकार संघ सुनसरीमा विनोद


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– चलचित्र पत्रकार संघ, नेपालको सुनसरी शाखा गठन भएको छ । हिजो बुधवार हार्ट एफएम धरानका कार्यक्रम संयोजक एवं रंग पत्रकार विनोद विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो ।

कार्यसमितिमा उपाध्यक्ष मनोज दाहाल, सचिव सुमन भट्टराई, सह–सचिव शरुपा थापा मगर, कोषाध्यक्ष सविना बान्तवा चुनिएका छन् ।

त्यस्तै सदस्यहरुमा नरेन कुलुङ, रविन राउत, आरबी कट्वाल, राजकुमार खाती, प्रशान्त पुरी र सुप्रीया राई रहेका छन ।
समितिको बाँकी सदस्य र सल्लाहकारहरु कार्यसमितिको पहिलो बैठक पछि थप गर्ने तदर्थ समितिका सचिव भट्टराईले बताए ।

कार्यक्रममा चलचित्र पत्रकार संघ, प्रदेश १ शाखा अध्यक्ष नरेन्द्र बस्नेत, चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधान, म्याजिक सिनेमा हल संचालक, निर्माता तथा कलाकार पर्शुराम चौधरी, निर्माता तथा निर्देशक भीम लामालगायतको उपस्थिति थियो । कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका पूर्व अध्यक्ष राजकुमार राई प्रमुख अतिथि थिए ।

चलचित्र पत्रकार संघ नेपालको सुनसरी सहित ९ शाखा पुगेको छ । यसै साता संघको थप पाँच शाखा गठन हुने बताइएको छ । संघको आगामी चैत ३ गते केन्द्रीय साधारण सभा हुँदैछ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ११ : ३० बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार