बासिन्दा धारापानीवासीका, पिउने पानी खोलाको « Khabarhub

बासिन्दा धारापानीवासीका, पिउने पानी खोलाको


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ धारापानीलाई थातथलो बनाएका बालाराम गौतम खानेपानीका रूपमा खोलाको पानी प्रयोग गर्दै आएका छन् । झण्डै पाँच दशकअघिदेखि पुख्यौली घर सुर्खेतबाट बसाइँ सारेर उनी सो स्थानमा आएका थिए ।

खोलाको पानी प्रयोग गर्नु उनका लागि रहर नभएर बाध्यता हो । विसं २०२८ देखि बस्दै आएको बस्तीमा खानेपानी व्यवस्था नहुँदा गाउँका बासिन्दाले धारपानी खोलाको पानी पिउन प्रयोग गर्दै आएका छन् ।

गाउँमा बस्दै आएका २० परिवारले खाना बनाउन, घट्ट चलाउन, लुगाकपडा धुन, गाईवस्तुलाई पानी खुवाउन र पिउनका लागि खोलाको पानी नै प्रयोग गर्दै आएका छन् ।

दशकअघि दार्चुलाको धुलीगडाबाट घर जग्गा सबै पहिरोले लगेपछि विस्थापनमा परेको साइमले धामी परिवार आश्रयको खोजीमा धारापानी गाउँमा बसेको छ । गाउँमा बसेदेखि धामी परिवारले पनि खोलाको पानी पिउनका लागि प्रयोग गर्दै आएका छन् ।

‘वर्षातमा खोलाको पानी धमिलो हुन्छ, बाध्यताले त्यही पिउनका लागि प्रयोग गर्छौँ’, उनले भने, ‘जेठ–वैशाख महिना खोला सुक्ने भएकाले खानेपानीको खोजी गर्दै चुरे पहाडका खोलाखोला चहार्दै हिँड्नुपर्दछ ।’

गर्मीका बेला खोला सुक्ने भएकाले चार/पाँच किलोमिटर टाढाबाट समेत पानी बोकेर ल्याउनुपर्ने बाध्यता भएको उनले बताए ।

‘पर्यटकीय क्षेत्र बतासे झर्ना जानका लागि गाउँ भएरै सडक आएको छ । व्यापार/व्यवसाय बढेको छ । खाने गुजारा चलेको छ’, मोहनसिंह धामीले भने, ‘एउटै अभाव खानेपानी र विद्युत्को छ । दुवै भए दुर्गममा बस्दै आएका हामीजस्तालाई सुविधा हुने थियो ।’

खानेपानी र विद्युत्का लागि स्थानीय तहदेखि प्रदेश सरकारका जनप्रतिनिधिसम्म कुरा राखे पनि सुनवाइ अझैसम्म हुन नसकेको उनले बताए । सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशी खानेपानी र विद्युत् अभाव भएको चुरे क्षेत्रको धारापानी बस्तीका बासिन्दाको आवाज सुनेको बताउँछन् ।

‘धारापानी गाउँका बासिन्दाले दुवै कुराको मसँग माग गरेका छन् । चालु आवभित्रै खानेपानीका पाइपको व्यवस्था गर्न प्रतिबद्ध छु’, उनले भने, ‘बस्तीमै पुगेर अश्वासन दिएको छु । त्यो पूरा गर्छु । आउँदो आवभित्रै बस्तीमा विद्युत्को भरपर्दो व्यवस्था हुन्छ ।’

चारैतिर नदीले घेरिएको ठाउँमा बस्दै आएका धामी परिवारलाई वर्षात्को उर्लिँदो भेलले बगाउने चिन्तासमेत छ । चुरे क्षेत्रमा पर्दै गएको मानवीय चापले विनास हुन थालेपछि संरक्षणका लागि बस्ती हटाउन दबाबसमेत आउने गरेको छ । विद्यालय र स्वास्थ्यचौकीको सेवा लिन पाँच किलोमिटरको यात्रा तय गर्दै यहाँका बासिन्दा पिताम्बर, पारिफाँटा र झलारीसम्म पुग्ने गरेका छन् ।

वर्षातमा नदीमा पानीको बहाव बढ्दा ती सेवासमेत लिन यहाँका बासिन्दा बञ्चित हुने गरेका छन् । धारापानीमा बस्ती बसेको भए पनि आधारभूत सुविधा नहुँदा विस्तारै बस्ती छाडने क्रम बढदै गएको छ । बालबालिकालाई विद्यालय पढाउनसमेत निकै सास्ती रहेको छ ।

वडाध्यक्ष बहादुरसिंह महरा बस्तीमा बाल विकास केन्द्र सञ्चालन गर्नका लागि पहल भइरहेको बताउँछन् ।

‘खानेपानी र विद्युत्का लागि वडाको बजेटले धान्दैन’, उनले भने, ‘यसका लागि प्रदेश सरकारसँग समन्वयको कार्य गरिरहेका छौँ । केही महिनाभित्रै खानेपानीको कार्य शुरु हुन्छ । त्यसपछि विद्युत् विस्तारका लागि काम अगाडि बढाउँछौँ ।’ रासस

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  १२ : ५४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना