कोरोनापछि नेपथ्यको ‘यो जिन्दगानी’ « Khabarhub

कोरोनापछि नेपथ्यको ‘यो जिन्दगानी’


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड १९ महामारीपछि नेपथ्यले पहिलो सांगीतिक कोशेली ‘यो जिन्दगानी’ सार्वजनिक गरेको छ । भूकम्पको कारण क्षतिग्रस्त बन्न पुगेको दोलखाको एक सरकारी विद्यालय निर्माणार्थ गत वर्षको फागुन १७ गते नेपथ्यले आफुलाई प्रस्तुत गरेको थियो । भृकुटीमण्डपमा आयोजित त्यो कन्सर्ट कोभिड अघि व्याण्डको अन्तिम कन्सर्ट बनेको थियो ।

नेपथ्यले आफ्नो एउटा सर्वकालीक हिट गीतको ‘लाइभ भिडियो’ तमाम श्रोता दर्शकसामु प्रस्तुत गरेको छ । श्रोता तथा दर्शकले रुचाएको गीत ‘जीवन हो घाम छाया, सुख दुःख दुवै हुन्छ’लाई नेपथ्यले पुनः संगीत पारखीमाझ ल्याएको हो ।

गीतले जीवनको यात्रामा आउने राम्रा र नराम्रा दुवै क्षणलाई स्वाभाविक मानेर स्वागत गर्ने अनि एकअर्काप्रति समभाव जगाउने भावना बोकेको छ । यो गीत नेपथ्यले दुइ दसकअघि उसको प्रसिद्ध एलबम ‘रेशम’मा समेटेको थियो ।

गीतमा पोखराका संगीतकर्मी श्यामसुङ तामाङको शब्द छ । ‘गीतको रेकर्ड गर्नु अगावै पनि हामी साथीभाइको जमघटमा यसलाई गाउने गथ्र्यौं,’ गायक अमृत गुरुङले सम्झिए, ‘असाध्यै मनपरेको र प्रभाव पार्दै आएको गीत भएकाले यसलाई नेपथ्यका निम्ति रेकर्ड गर्ने सोच बनायौं ।’

अमृतका अनुसार त्यतिबेला गीतका रचयिता श्यामसुङले अनुमति दिएनन् । ‘आफ्नो ब्याण्डको गीत भएको हुनाले नगरौं दाइ भनेका थिए,’ गुरुङ सम्झन्छन्, ‘त्यसपछि तामाङको समूहले यो गीत रेकर्ड गरेर सार्वजनिक पनि गर्यो । यति राम्रो सिर्जनालाई त्यत्तिकै मर्न दिइनु हुँदैन भनेर मैले फेरि दोश्रोपटक उनलाई अनुरोध गरेँ ।’

गीतको अडियो भिजुअल यसअघि पनि तयार भएको थियो । झण्डै डेढ दसकअघि जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आयोजित नेपथ्यको कन्सर्टका बेला अपाङ्गता भएका दर्शकहरुको प्रतिक्रियालाई समेटेर यो गीतको भिडियो बनाइएको थियो ।

पछिल्लो पटक भने यस गीतलाई गत वर्ष भृकुटी मण्डपमा प्रस्तुत गर्दा त्यहाँ उपस्थित श्रोता दर्शकको प्रतिक्रियालाई नै समेटेर यो नयाँ ‘लाइभ भिडियो’ तयार पारिएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  २ : ४५ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा