कोरोनापछि नेपथ्यको ‘यो जिन्दगानी’ « Khabarhub

कोरोनापछि नेपथ्यको ‘यो जिन्दगानी’


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड १९ महामारीपछि नेपथ्यले पहिलो सांगीतिक कोशेली ‘यो जिन्दगानी’ सार्वजनिक गरेको छ । भूकम्पको कारण क्षतिग्रस्त बन्न पुगेको दोलखाको एक सरकारी विद्यालय निर्माणार्थ गत वर्षको फागुन १७ गते नेपथ्यले आफुलाई प्रस्तुत गरेको थियो । भृकुटीमण्डपमा आयोजित त्यो कन्सर्ट कोभिड अघि व्याण्डको अन्तिम कन्सर्ट बनेको थियो ।

नेपथ्यले आफ्नो एउटा सर्वकालीक हिट गीतको ‘लाइभ भिडियो’ तमाम श्रोता दर्शकसामु प्रस्तुत गरेको छ । श्रोता तथा दर्शकले रुचाएको गीत ‘जीवन हो घाम छाया, सुख दुःख दुवै हुन्छ’लाई नेपथ्यले पुनः संगीत पारखीमाझ ल्याएको हो ।

गीतले जीवनको यात्रामा आउने राम्रा र नराम्रा दुवै क्षणलाई स्वाभाविक मानेर स्वागत गर्ने अनि एकअर्काप्रति समभाव जगाउने भावना बोकेको छ । यो गीत नेपथ्यले दुइ दसकअघि उसको प्रसिद्ध एलबम ‘रेशम’मा समेटेको थियो ।

गीतमा पोखराका संगीतकर्मी श्यामसुङ तामाङको शब्द छ । ‘गीतको रेकर्ड गर्नु अगावै पनि हामी साथीभाइको जमघटमा यसलाई गाउने गथ्र्यौं,’ गायक अमृत गुरुङले सम्झिए, ‘असाध्यै मनपरेको र प्रभाव पार्दै आएको गीत भएकाले यसलाई नेपथ्यका निम्ति रेकर्ड गर्ने सोच बनायौं ।’

अमृतका अनुसार त्यतिबेला गीतका रचयिता श्यामसुङले अनुमति दिएनन् । ‘आफ्नो ब्याण्डको गीत भएको हुनाले नगरौं दाइ भनेका थिए,’ गुरुङ सम्झन्छन्, ‘त्यसपछि तामाङको समूहले यो गीत रेकर्ड गरेर सार्वजनिक पनि गर्यो । यति राम्रो सिर्जनालाई त्यत्तिकै मर्न दिइनु हुँदैन भनेर मैले फेरि दोश्रोपटक उनलाई अनुरोध गरेँ ।’

गीतको अडियो भिजुअल यसअघि पनि तयार भएको थियो । झण्डै डेढ दसकअघि जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आयोजित नेपथ्यको कन्सर्टका बेला अपाङ्गता भएका दर्शकहरुको प्रतिक्रियालाई समेटेर यो गीतको भिडियो बनाइएको थियो ।

पछिल्लो पटक भने यस गीतलाई गत वर्ष भृकुटी मण्डपमा प्रस्तुत गर्दा त्यहाँ उपस्थित श्रोता दर्शकको प्रतिक्रियालाई नै समेटेर यो नयाँ ‘लाइभ भिडियो’ तयार पारिएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  २ : ४५ बजे

एआई प्रयोग गरेर भ्रामक सूचना नदिन प्रहरीको अनुरोध

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले एआईको प्रयोग गरेर सामाजिक

रास्वपाले आज सुर्खेतबाट वाचापत्र सार्वजनिक गर्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सुर्खेतमा चुनावी सभा आयोजना

कांग्रेसले आज चुनावी प्रतिज्ञापत्रमा खुला प्रश्नोत्तर गर्ने

काठमाडौं– नेपाली कांग्रेसले आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने भएको छ

यी हुन् विश्वकपको सुपर आठ पुग्ने टिम : कस्तो छ खेल तालिका ?

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा पुग्ने

नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन– नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ