स्वीडेनमा शंकास्पद आतङ्कवादी आक्रमण, सात घाइते « Khabarhub

स्वीडेनमा शंकास्पद आतङ्कवादी आक्रमण, सात घाइते


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्टकहोम– स्वीडेनको भेटल्यान्डा शहरमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरी कम्तीमा सात व्यक्तिलाई घाइते बनाएका छन् । प्रहरीले उक्त घटनालाई शंकास्पद आतंकवादी आक्रमण भन्दै अनुसन्धान शुरु गरेको छ ।

बिहीबार बिहान प्रहरीले जारी गरेको विज्ञप्तिमा उक्त घटनामा सात व्यक्ति घाइते भएको जनाउँदै तर विस्तृत विवरण भने दिइएको छैन ।

बीस वर्षको आसपासका ती शंकास्पद व्यक्तिलाई प्रहरीले अस्पताल पुर्‍याएको छ । बुधबार अपराह्न भएको उक्त आक्रमणपछि प्रहरीले ती आक्रमणकारीलाई गोली हानी नियन्त्रणमा लिएको थियो ।

एएफपीसँग कुरा गर्दै प्रहरीले घटनामा ती व्यक्तिले तिखो हतियार प्रयोग गरेको जनाएको छ । प्रहरीले शुरुमा उक्त घटनालाई हत्या प्रयासको संज्ञा दिँदै शंकास्पद आतंकवादी अपराधका रुपमा अनुसन्धानलाई अगाडि बढाएको जनाएको छ ।

स्थानीय जोन्कोपिङ अस्पतालले घाइतेमध्ये तीन जना सख्त घाइते अवस्थामा रहेका तथा अन्य दुई जनाको चोट निकै गम्भीर प्रकृतिको रहेको जनाएको छ ।

पत्रकारहरुसँग कुरा गर्दै क्षेत्रीय प्रहरी प्रमुख मलेना ग्रानले उक्त आक्रमणको घटनालाई आतंकवादी आक्रमणका रुपमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

आक्रमणकारी स्थानीय व्यक्ति रहेका र विगतमा पनि सानातिना अपराधका कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीले ती व्यक्ति स्वेडीस नागरिक हो वा होइन भन्ने बारेमा केही खुलाएको छैन ।

स्वेडीस प्रधानमन्त्री स्टेफान लफभेनले उक्त आक्रमणको घटनाको निन्दा गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

पछिल्ला वर्षहरुमा स्वीडेनमा आतंकवादी आक्रमणका घटना दोहोरिन थालेका छन् । सन् २०१० डिसेम्बरमा राजधानी स्टकहोममा एक व्यक्तिलाई आत्मघाती बम बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो ।

सन् २०१७ को अप्रिलमा एकजना उज्बेक नागरिकले ट्रक चोरी गरेर मानिसको भिडमा कुदाएका थिए । त्यस घटनामा पाँच जनाको ज्यान गएको थियो । उनी अहिले आजीवन कारावासको सजाय भोगिरहेका छन् । रासस/एएफपी

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ४ : १० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा