ऋणात्मकमा झर्‍यो नेपालको आर्थिक वृद्धिदर, कोरोना मुख्य कारण « Khabarhub

ऋणात्मकमा झर्‍यो नेपालको आर्थिक वृद्धिदर, कोरोना मुख्य कारण

गत आवमा नेपालको वार्षिक आर्थिक वृद्धिदर -१.९९ प्रतिशत कायम


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको आर्थिक वृद्धिदर ऋणात्मक बनेको छ । तथ्यांक विभागले गत आर्थिक वर्ष २०७६/७७ वर्षको देशको आर्थिक वृद्धिदर सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ऋणात्मक भएको जनाएको छ ।

विभागका अनुसार गत आवमा नेपालको वार्षिक आर्थिक वृद्धिदर -१.९९ प्रतिशत कायम भएको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा भाषणमा २.२७ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान थियो ।

तर कोरोना भाइरसको संक्रमणले गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक बनेको हो । कोरोनाको असर २०७२मा गएको भूकम्पको भन्दा पनि बढी पुगेको विभागले जनाएको छ । आर्थिक वर्ष सन् २०१५/१६मा आर्थिक वृद्धिदर शून्य प्रतिशतमा झरेको थियो ।

चालु आवको पहिलो त्रैमासको वृद्धिदर समेत ऋणात्मक देखिएको छ । यो अवधिमा अर्थतन्त्र -४.६ प्रतिशत कायम भएको छ ।

कोरोनाको असर सबैभन्दा बढी आवास तथा भोजन, यातायात तथा भण्डार क्षेत्रमा परेको छ । यी क्षेत्रमा २५.७ प्रतिशत र १३.४ प्रतिशत सङ्कुचन आयको छ । थोक तथा खुद्रा व्यापार १०.७ प्रतिशत, औद्योगिक उत्पादन ९.१ प्रतिशत, निर्माणमा ५.६ प्रतिशत, खानी तथा उत्खननमा २.२ प्रतिशतले खुम्चिएको छ ।

विद्युत तथा ग्यास क्षत्रमा २५.६ प्रतिशत सकारात्मक वृद्धि भएको छ । सार्वजनिक प्रशासन ६.२ प्रतिशत, मानव स्वास्थ ५.२ प्रतिशतले सकारात्मक वृद्धि प्राप्त भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  २ : ५६ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा