सोह्र वर्षपछि ‘आँधी तुफान २’ घोषणा « Khabarhub

सोह्र वर्षपछि ‘आँधी तुफान २’ घोषणा


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–१६ वर्ष अघि निर्माण भएको हिट फिल्म ‘आँधी तुफान’ को सिक्वेल ‘आँधी तुफान २’ बन्ने भएको छ । नयाँ कलाकार लिएर निर्माण युनिटले सिक्वेलको घोषणा गरेको हो ।

काठमाडौंमा बिहीबार पत्रकारमाझ फिल्मका कलाकारसहितको टिम सार्वजनिक गरियो । नारी प्रधान सस्पेन्स थ्रिलर फिल्ममा मदन घिमिरेको निर्देशन रहनेछ ।

फिल्मका प्रस्तुतकर्ता तथा लेखक मौनता श्रेष्ठले एक पात्रको हत्या भएपछि घटनाको अनुसन्धानका लागि परिचालित हुने तीन युवतीको कथालाई फिल्ममा देखाइने बताए । ‘अघिल्लो संस्करणको फिल्म भन्दा यो फिल्म केही पृथक हुनेछ’, उनले भने ।

फिल्ममा मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, आरती आचार्य, पूनम गौतम, सान अधिकारी, याङ्सु श्रेष्ठ, सोनी बीसी, जोया वुढाथोकी, रुपा केसी, सरोज दाहाल, विन्दिया ठकुरी, रमेश तामाङ, अरुण कालिराजको अभिनय रहनेछ ।

रामशरण उप्रेतीको छायांकन, सुरेश अधिकारीको संगीत हुने फिल्ममा कमल राईको नृत्य, प्रेम चुल्ठेको एक्सन, हरि उप्रेती र दिनेश सुवेदीको गीत रहनेछ ।

फिल्मको छायांकन चैतमा गरिनेछ । अघिल्लो संस्करणको फिल्ममा पुजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछाने प्रमुख भूमिकामा थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ४ : २० बजे

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार