निर्वाचन आयोग पुगे नेकपा ‘दाहाल–नेपाल’ समूहका नेताहरू « Khabarhub

निर्वाचन आयोग पुगे नेकपा ‘दाहाल–नेपाल’ समूहका नेताहरू


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— पार्टीको आधिकारिकता विवाद छिटो टुंग्याउन माग गर्दै नेकपा दाहाल–नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डेलगायत नेता आयोग पुगेका हुन् ।

बिहीबार पेरिसडाँडामा आफ्ना सांसदहरुसहित बसेको बैठकले केपी ओली पक्षका नेताहरुलाई कारबाही गरेको निर्णयका बारेमा आयोग र सचिवालयलाई जानकारी गराउने निर्णय गरेको थियो ।

बुधबारमात्रै यो समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दिन ढिलाइ गरेको भन्दै निर्वाचन आयोगमाथि दबाब बढाउने निर्णय गरेको थियो ।

दाहाल–नेपाल समूहका कार्यालय सचिव श्रीराम ढकालले केन्द्रीय कमिटी बैठकले गरेको निर्णयअनुसार नेताहरु निर्वाचन आयोग पुगेको जानकारी दिए ।

‘हिजो पार्टीले गरेका निर्णयहरु लिखित रुपमै जानकारी पनि गराउने साथै चाँडो निर्णय गर, अकर्मण्यतामा नफस, निर्वाचन ऐन, कानुन, संविधान र विगतका नजिरहरुको आधारमा चाँडो फैसला गर भनेर आग्रह गर्न साथीहरु आयोग पुग्नु भएको छ,’ उनले भने ।

बुधबारको बैठकमा केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र समेत संकलन गरिएको थियो । बैठकले आयोगको कार्यशैलीप्रति आपत्ति जनाउँदै राज्यको कानुन, नेकपाको विधान, लोकतान्त्रिक प्रणाली र मान्यताबमोजिम तत्काल निष्पक्ष एवं न्यायसंगत निर्णय गर्नपर्ने ठहर गरेको थियो ।

यो समूहले गत माघ २० मा राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ को प्रक्रियाअनुसार आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको छ । तर आयोगले नेकपा विवादबारे अझै निर्णय गरेको छैन ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ४ : ११ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई