राष्ट्रियसभा अन्तर्गतका समितिले प्रभावकारी काम गरेको अध्यक्ष तिमल्सिनाको दाबी « Khabarhub

राष्ट्रियसभा अन्तर्गतका समितिले प्रभावकारी काम गरेको अध्यक्ष तिमल्सिनाको दाबी


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गतको समितिहरुले प्रभावकारी ढंगले काम गरिरहेको बताएका छन्।

राष्ट्रिय सभाको तीन वर्षको सन्दर्भमा संसद सचिवालयले बिहीबार काठमाडौंमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले प्रतिनिधिसभा विघटनको समयमा पनि राष्ट्रियसभा अन्तर्गतको समितिले निरन्तर काम गरेको र अहिले पनि आफू मातहतका गतिविधीहरु निरन्तर भइरहेको बताएका हुन् ।

राष्ट्रिय सभामा दर्ता भएको अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धी अन्तर्गतको पार्लिमो प्रोटोकललाई पनि पारित भएको भन्दै उनले राष्ट्रिय र जनताका सवालमा राष्ट्रिय सभा सदस्यहरुले सकारात्मक भूमिका खेलेको जिकिर गरे ।

त्यस्तै उनले समितिमा हुने दोहोरोपनालाई हटाउन अध्ययन र छलफलको खाँचो रहेको धारणा राखे । संघीय संसदलाई सफल बनाउन संसद सचिवालयदेखि सबै सरोकार निकायको भूमिका अपरिहार्य रहेको उनले बताए ।

त्यस्तै अध्यक्ष तिमिल्सिनाले अहिलसम्म २ सय २२ वटा बैठक बसेको र ४१ वटा विधेयकहरू दर्ता भएको जानकारी दिए । त्यस्तै १६ वटा विधेयक प्रमाणीकरण भइसकेको उनले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  १० : ५९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना