बोहोरा हत्या आरोपमा पक्राउ परेका खत्रीलाई प्रहरीले गर्‍यो सार्वजनिक « Khabarhub

बोहोरा हत्या आरोपमा पक्राउ परेका खत्रीलाई प्रहरीले गर्‍यो सार्वजनिक


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीकी २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या आरोपमा पक्राउ परेका लालबहादुर खत्रीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

हत्या आरोपमा पक्राउ परेका रेसुङ्गा नगरपालिका ३ भाडगाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले बिहीबार सार्वजनिक गरेको हो ।

खत्रीले गएको माघ २९ गते राति आफू र सम्झनाकी सासुआमा टोमकला खत्री मिलेर सम्झनाको हत्या गरेको प्रारम्भिक बयानका क्रममा प्रहरीलाई बताएका छन् ।

घरबाट बेपत्ता भएको १७ दिनमा खत्रीले बारीमा घाँस काट्न जाँदा केही गन्ध आएको भनेर प्रहरीमा खबर गरेका थिए । खोजी गर्ने क्रममा घर नजिकै सडेर गलेको अवस्थामा प्रहरीले सम्झनाको शव फेला पारेको थियो ।

शव फेला पारेकै दिन प्रहरीले हत्याको आशङ्कामा उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । सम्झनाको हत्या भएको २० दिनपछि प्रहरीले हत्यारा पत्ता लगाइ सार्वजनिक गरेको हो ।

प्रहरीले लालबहादुर खत्रीको नाममा गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासू टोमकला खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

सम्झनाको हत्या र उनकी सासुले झुण्डिएर आत्महत्या के कारण गरिन् भन्नेबारे अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ५ : ०५ बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले