बोहोरा हत्या आरोपमा पक्राउ परेका खत्रीलाई प्रहरीले गर्‍यो सार्वजनिक « Khabarhub

बोहोरा हत्या आरोपमा पक्राउ परेका खत्रीलाई प्रहरीले गर्‍यो सार्वजनिक


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीकी २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या आरोपमा पक्राउ परेका लालबहादुर खत्रीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

हत्या आरोपमा पक्राउ परेका रेसुङ्गा नगरपालिका ३ भाडगाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले बिहीबार सार्वजनिक गरेको हो ।

खत्रीले गएको माघ २९ गते राति आफू र सम्झनाकी सासुआमा टोमकला खत्री मिलेर सम्झनाको हत्या गरेको प्रारम्भिक बयानका क्रममा प्रहरीलाई बताएका छन् ।

घरबाट बेपत्ता भएको १७ दिनमा खत्रीले बारीमा घाँस काट्न जाँदा केही गन्ध आएको भनेर प्रहरीमा खबर गरेका थिए । खोजी गर्ने क्रममा घर नजिकै सडेर गलेको अवस्थामा प्रहरीले सम्झनाको शव फेला पारेको थियो ।

शव फेला पारेकै दिन प्रहरीले हत्याको आशङ्कामा उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । सम्झनाको हत्या भएको २० दिनपछि प्रहरीले हत्यारा पत्ता लगाइ सार्वजनिक गरेको हो ।

प्रहरीले लालबहादुर खत्रीको नाममा गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासू टोमकला खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

सम्झनाको हत्या र उनकी सासुले झुण्डिएर आत्महत्या के कारण गरिन् भन्नेबारे अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ५ : ०५ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा