प्रदेश १ प्रदेशसभा बैठक सारिएको प्रति कांग्रेसको आपत्ति « Khabarhub

प्रदेश १ प्रदेशसभा बैठक सारिएको प्रति कांग्रेसको आपत्ति


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक सारिएको प्रति आपत्ति जनाएको छ ।

२० फागुन बिहीबारका लागि बोलाइएको प्रदेशसभा बैठक प्रदेशसभा सचिवालयले बुधबार सूचना टाँस गरी २ चैतसम्मका लागि स्थगित गरेको थियो ।

बिहीबार कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले पत्रकार सम्मेलन गरी परामर्शबिनै प्रदेशसभा बैठक स्थगित गरिएको भन्दै आपत्ति जनाएका हुन् । प्रमुख सतेचक कार्कीले सरकार प्रदेशसभाप्रति अनुदार हुँदै गएको र सत्ताका लागि संसदलाई नै बन्धक बनाउने प्रयत्न गरेको आरोप लगाए ।

‘सरोकारवाला पक्षसँग सहमतिको प्रयत्न नगरेरै फेरि पनि सूचनामार्फत लामो समय प्रदेशसभाको बैठक सार्ने कुरा दुःखद छ,’ उनले भने, ‘सत्ताको आयु बढाउन यसरी व्यवस्थापिकालाई बन्धक बनाउने कामप्रति हाम्रो आपत्ति छ ।’

सरकार कानुन बनाउनेतर्फ ध्यान नदिएर प्रदेशसभालाई बन्धक बनाएर भ्रष्टाचारमा लिप्त बनेको कार्कीले आरोप लगाए । प्रदेशसभाका सभामुखको क्रियाकलापलाई पनि आफूहरूले नजिकबाट नियालिरहेको भन्दै कार्कीले सदनको प्रक्रियाबाटै जारी गतिरोध अन्त्य गर्नुपर्ने बताए ।

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावका सन्दर्भमा प्रमुख सचेतक कार्कीले प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव कांग्रेसको सम्पत्ति भइसकेको टिप्पणी गरे ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ६ : ०५ बजे

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं– गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा

युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै

गणेश नेपालीको निधनपछि आफन्त आन्दोलनको तयारीमा, शव बुझ्न अस्वीकार

काठमाडौं–  गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले आन्दोलनको तयारी

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्धहरूलाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको