प्रदेश १ प्रदेशसभा बैठक सारिएको प्रति कांग्रेसको आपत्ति « Khabarhub

प्रदेश १ प्रदेशसभा बैठक सारिएको प्रति कांग्रेसको आपत्ति


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक सारिएको प्रति आपत्ति जनाएको छ ।

२० फागुन बिहीबारका लागि बोलाइएको प्रदेशसभा बैठक प्रदेशसभा सचिवालयले बुधबार सूचना टाँस गरी २ चैतसम्मका लागि स्थगित गरेको थियो ।

बिहीबार कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले पत्रकार सम्मेलन गरी परामर्शबिनै प्रदेशसभा बैठक स्थगित गरिएको भन्दै आपत्ति जनाएका हुन् । प्रमुख सतेचक कार्कीले सरकार प्रदेशसभाप्रति अनुदार हुँदै गएको र सत्ताका लागि संसदलाई नै बन्धक बनाउने प्रयत्न गरेको आरोप लगाए ।

‘सरोकारवाला पक्षसँग सहमतिको प्रयत्न नगरेरै फेरि पनि सूचनामार्फत लामो समय प्रदेशसभाको बैठक सार्ने कुरा दुःखद छ,’ उनले भने, ‘सत्ताको आयु बढाउन यसरी व्यवस्थापिकालाई बन्धक बनाउने कामप्रति हाम्रो आपत्ति छ ।’

सरकार कानुन बनाउनेतर्फ ध्यान नदिएर प्रदेशसभालाई बन्धक बनाएर भ्रष्टाचारमा लिप्त बनेको कार्कीले आरोप लगाए । प्रदेशसभाका सभामुखको क्रियाकलापलाई पनि आफूहरूले नजिकबाट नियालिरहेको भन्दै कार्कीले सदनको प्रक्रियाबाटै जारी गतिरोध अन्त्य गर्नुपर्ने बताए ।

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावका सन्दर्भमा प्रमुख सचेतक कार्कीले प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव कांग्रेसको सम्पत्ति भइसकेको टिप्पणी गरे ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ६ : ०५ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा