नेविसंघको रिले अनसनमा पूर्वप्रधानमन्त्री नेपालले जनाए ऐक्यबद्धता « Khabarhub

नेविसंघको रिले अनसनमा पूर्वप्रधानमन्त्री नेपालले जनाए ऐक्यबद्धता


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शैक्षिक क्षेत्रका विभिन्न माग राखी नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले ३० दिनदेखि गरिरहेको रिले अनसनमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ऐक्यबद्धता जनाएका छन् ।

बिहीबार दिउँसो अनसनस्थल पुगेका नेपालले अनसनमा ऐक्यबद्धता जनाउँदै नेविसंघले राखेका मागहरूप्रति आफ्नो समर्थन रहेको बताएका हुन् ।

राजनीतिक नियुक्तिले विश्वविद्यालयहरू बिग्रिएको जनाउँदै उनले तत्काल नेविसंको माग पूरा गर्नुपर्ने धारण व्यक्त गरेका थिए ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, कोभिड–१९ को कारणले लामो समयपछि भएको परीक्षा र त्रिविको नजिता प्रकाशनमा हुने ढिलासुस्तीले विद्यार्थीहरुको शैक्षिकसत्र गुम्ने अवस्था भएकोले परीक्षा भएको एक महिनाभित्र नतिजा प्रकाशनको सुनिश्चितता गर्नुपर्ने लगायत माग राख्दै नेविसंघले एक महीनादेखि उपकुलपति कार्यालयको परिसरमा रिले अनसन जारी राखेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ६ : १९ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष