गुदपाक र पुस्टकारीको नेपाली रेसिपी पुनर्जीवित गर्दै माक्कुसे « Khabarhub

गुदपाक र पुस्टकारीको नेपाली रेसिपी पुनर्जीवित गर्दै माक्कुसे


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आधुनिक स्वादमा परम्परागत नेपाली रेसिपी पुनर्जीवित गर्ने उद्देश्यले नयाँ नेपाली डेसर्ट ब्राण्ड माक्कुसे बजारमा आएको छ। नेवारी भाषामा माक्कुसेको बर्णन नै गर्न नसकिने अत्यन्तै मिठो भन्ने हुन्छ।

माक्कुसे ब्राण्डबाट हाल परम्परागत पुष्टकारी, गुलाबजल र पिस्ता सहितको गुदपाक, मोका (कफि मिश्रित) गुदपाक, चकलेट र गुदपाकबाट बनेको कुकिज, ओटमिल र पम्किन सिडबाट बनेको कुकिज उपलब्ध छन्।

माक्कुसेका उत्पादनहरू परम्परागत नेपाली डेसर्टबाट प्रेरित छन्। उत्पादनहरू दूधको खुवा प्रयोग गरि बनाइएको छ। पहिलेको स्वाद र नयाँ तरिकाको बनावट रहेका यी उत्पादनहरूले पुराना र नयाँ स्वादलाई सन्तुलन गर्ने बताइएको छ।

‘गुदपाक, पुष्टकारी मिठो स्वादका लागि मात्रै होइन, पोषणका लागि पनि उत्तिकै महत्त्व बोकेको छ। हामीले यसको ठेट स्वादलाई कायम गरी आधुनिक तरिकाबाट प्रस्तुत गर्न खोजेका छौँ।’ माक्कुसेका सिइओ तथा सह–संस्थापक अनुस्का श्रेष्ठ भन्छिन् ‘हाम्रो उत्पादनहरु विगतको दायराबाट नवीन र उत्साहजनक भविष्यतर्फ लम्किएको छ।’

गुदपाक जस्तो ठेट नेपाली डेसर्ट पछिल्लो समय लोप हुँदै गैरहेको अवस्थामा कच्चा पदार्थको गुणस्तर र स्वास्थ्य संबेदनसिलतालाई मद्यनजर गर्दै गुणस्तरीय उत्पादनमा जोड दिएको अनुस्काको भनाइ छ। काभ्रेबाट दैनिक ताजा खुवा ल्याएर माक्कुसेको उत्पदन तयार गरिने बताइएको छ।

मिस वर्ल्ड नेपाल २०१९ को विजेता समेत रहेकी अनुस्का मिस वल्डमा सहभागी भएर फर्केपछि विश्वमाझ नेपाललाई चिनाउने भोक आफूमा जागेको र सोही चाहनालाई पछ्याउँदै माक्कुसेको स्थापना गरेको बताउँछिन्। हाल माकुसेलाई अनुस्काले नै नेतृत्व गरिरहेकी छिन्।

अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनपछि नेपाल फर्केर व्यवसायमा लागेकी अनुस्का बिदेशमा अर्जन गरेको सीप र ज्ञान स्वदेशमा सदुपयोग गर्नुपर्नेमा विश्वास राखेको बताउँछिन्।

परम्परागत डेसर्टलाई बजारमा ल्याएर व्यवसायमा जम्न सजिलो थिएन झन् माक्कुसे सुरु गर्नै लाग्दा कोभिड १९ का कारण समय जटिल पनि बन्यो। यो चुनौतीलाई सामना गर्दै विभिन्न क्षेत्रमा सफल युवा तथा महिला उद्यमीहरूको समूहले पोषण तथा सरसफाइ ध्यानमा राखेर गुणस्तरीय उत्पादन गर्न सफल भएको छ।

‘जब हामी कुनै खास देशको मिठाईहरू सोच्दछौं त अनकौं तस्वीर दिमागमा आउँदछ। नेपाली मिठाईका बारेमा सोच्दा तपाईको दिमागमा कस्तो चित्र आउँछ?’ अनुस्का भन्छिन् ‘हामी विश्वास गर्दछौं कि माकुसे यसको जवाफ हुन सक्छ।’

माकुसे, नेपाली डेर्जट ब्राण्ड नेपालमा मात्र नभई विश्वमै नेपालको मिठाईको अद्वितीय पहिचान बनाउन सफल हुने बिश्वास माक्कुसे टिमको रहेको छ।

माक्कुसेको सामाजिक संजाल र लोकप्रिय नेपाली ईकमर्स ग्यापु मार्केट प्लेसको मोबाइल एप तथा वेबसाईटमा अर्डर गरि माक्कुसे नेपाल भर घरैमा डेलिभरी मगाउन सकिन्छ।

ग्यापु मार्फत नै बिदेशमा रहेका ब्याक्तीले सोही देशको डेबिट/क्रेडिट कार्ड प्रयोग गरेर नेपालमा रहेका आफन्तलाई माक्कुसेका उत्पादन उपहार पठाउने ब्यवस्था समेत मिलाइएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ९ : ०९ बजे

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा विश्वस्त छु : प्रचण्ड

चितवन – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई

विशाखापट्टनमबाट फर्किंदै गरेको इरानी युद्धपोतमाथि अमेरिकी हमला, ८० नौसैनिकको मृत्यु

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी युद्धको आज पाँचौं दिनमा

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा – प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौं – निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा