ने‍ता पोखरेल र भुसालबीच सिंहदरबारमा भेटवार्ता « Khabarhub

ने‍ता पोखरेल र भुसालबीच सिंहदरबारमा भेटवार्ता


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालबीच भेटवार्ता भएको छ ।

दुई खेमामा विभाजित भएपछि नेकपाका शीर्ष नेताहरुबीच सम्वाद टुटेका बेला ओली समूहमा रहेका मुख्यमन्त्री पोखरेल र दाहाल–नेपाल समूहका नेता भुसालबीच सिंहदरबारमा भेट भएको हो ।

संसद सचिवालयको एउटा कोठामा दुई नेताबीच झण्डै पौने घण्टा कुराकानी भएको बुझिएको छ । नेकपाको एकता जोगाउनुपर्छ भन्ने मत राख्ने दुई नेताले एकअर्कालाई ‘भेटौं, कुराकानी गरौँ’ भन्दै आएका थिए । मुख्यमन्त्री पोखरेल बिहीबार नै बुटवल फर्किने तयारी थिए । त्यसअघि भुसाललाई भेटेका हुन् ।

स्रोतका अनुसार भेटमा दुबै नेताले पार्टी एकता जोगाउन मुश्किल भएको चिन्ता व्यक्त गरेका छन् । पार्टी एकता जोगाउनुपर्छ भन्नेमा पनि दुबैको समान धारणा छ । तर कसरी भन्नेमा सहमति छैन ।

भुसालले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि मात्रै पार्टी एकता जोगाउने उपायबारे छलफल गर्न सकिने धारणा राख्दै आएका छन् । तर पोखरेलले राजीनामाबारे बोलेका छैनन् ।

नेता पोखरेलसँगको भेटलाई भुसालले नियमित भेटघाट भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ७ : २१ बजे

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ– जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२