बुटवलस्थित नहरपुर माविको भवन निर्माणका लागि भारतद्वारा सहयोग « Khabarhub

बुटवलस्थित नहरपुर माविको भवन निर्माणका लागि भारतद्वारा सहयोग


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुपन्देहीको बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासले ४ करोड ४१ लाख ७० हजार रुपैयाँ दिने भएको छ ।

भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बुटवल उपमहानगरपालिकाबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’अनुरूप ‘नेपाल–भारत मैत्री विकास साझेदारी’अन्तर्गत नयाँ भवनको निर्माण हुने भारतीय दूतावासले जनाएको छ ।

सन् १९७१ मा स्थापना भएको नहरपुर माध्यमिक विद्यालय राष्ट्रिय परीक्षा बोर्डसँग आबद्ध छ । विद्यालयले प्लस टु तहको शिक्षा तथा व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन गर्दै आएको छ । विद्यालयमा अध्ययन गरिरहेका कुल ११२७ विद्यार्थीमध्ये ५० प्रतिशत छात्रा छन् ।

भारतले सन् २००३ यता स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र सार्वजनिक उपयोगिताका क्षेत्रमा साबिकको ‘साना विकास परियोजना’ र अहिलेको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’अन्तर्गत नेपालको सातैवटा प्रदेशमा चार सय ४६ वटा परियोजना सम्पन्न गरिसकेको दूतावासले जनाएको छ । रुपन्देही जिल्लामा मात्रै १० गरी प्रदेश ५ मा ४१ वटा परियोजना सञ्चालनमा छन् ।

भारतले पाँच अर्ब ८० करोड रुपैयाँ पुनर्निर्माण अनुदानमा ०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका आठ जिल्लाका ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ९ : ४५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई