शहीद स्मारक ‘बी’ डिभिजन लिग : श्री भगवती क्लब विजयी « Khabarhub

शहीद स्मारक ‘बी’ डिभिजन लिग : श्री भगवती क्लब विजयी


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा श्री भगवती क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।

श्री भगवती क्लबका नवराज गुरुङ र मोहनबहादुर थापा मगरले एक एक गोल गरेका हुन । झम्सिखेलले एउटा आत्मघाती गोल गरेको हो । झम्सिखेलका लागि मदन स्याङ्तान र अनिश चौधरीले एक-एक गोल फर्काएका हुन् ।

खेलको ११ औँ मिनेटमा झम्सिखेलका सुनिल शाहीले आत्मघाती गोल गरे । खेलको ३२औँ मिनेटमा झम्सिखेलका स्याङ्तानले गोल गरेका हुन । यस्तै खेलको ५६औँ मिनेटमा भगवतीका गुरुङले तथा ७०औँ मिनेटमा चौधरीले गोल गरेका हुन ।

खेलको ८४औँ मिनेटमा भगवतीका थापाले दोस्रो गोल गर्दै आफ्नो टोलीलाई ३–२ ले विजयी गराए ।

जीतसँगै भगवती नौ खेलबाट नौ अङ्क जोड्दै लिगको आठौँ स्थानमा उक्लेको छ । यस्तै झम्सिखेल नौ खेलमा ६ अङ्क जोडेर एघारौँ स्थानमा छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ८ : १४ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई