कञ्चनपुरमा लागुऔषध तस्कर र प्रहरीबीच गोली हानाहान, एकको मृत्यु « Khabarhub

कञ्चनपुरमा लागुऔषध तस्कर र प्रहरीबीच गोली हानाहान, एकको मृत्यु


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–७ मा भारतीय तस्कर समूह र प्रहरीबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।

लागुऔषध बोकेर नेपाल आइरहेका भारतीय तस्कर र प्रहरीबीच बेलौरी नगरपालिका टेडुवा सीमा क्षेत्रमा दोहोरो गोली हानाहान भएको हो ।

बिहीबार साँझ इलाका प्रहरी कार्यालय बेलौरीबाट गएको टोलीमाथि भारतीय तस्करले गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको जनाएको छ ।

प्रहरीको जवाफी कारबाहीमा एक भारतीय तस्करको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा जिल्ला पिलिभित थाना हजारा गुदान ४ बस्ने २५ वर्षीय गोबिन्दा सिंह रहेका छन् ।  बाँकी तस्कर भने फारार भएको र दोहोरो गोली हानाहानमा नेपाल प्रहरीतर्फ एकजना सामान्य घाइते भएको उनले बताए ।

प्रहरी प्रवक्ता थापाका अनुसार भारतीय तस्करले नेपालमा लागुऔषध ल्याउन लागेको सूचना पाएपछि त्यसतर्फ नेपाल प्रहरीको टोली खटिएको थियो । प्रहरीले घटना स्थलबाट लागुऔषधसहित नक्कली नोट बनाउने मेसिनसमेत बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ९ : १६ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई