कञ्चनपुरमा लागुऔषध तस्कर र प्रहरीबीच गोली हानाहान, एकको मृत्यु « Khabarhub

कञ्चनपुरमा लागुऔषध तस्कर र प्रहरीबीच गोली हानाहान, एकको मृत्यु


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–७ मा भारतीय तस्कर समूह र प्रहरीबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।

लागुऔषध बोकेर नेपाल आइरहेका भारतीय तस्कर र प्रहरीबीच बेलौरी नगरपालिका टेडुवा सीमा क्षेत्रमा दोहोरो गोली हानाहान भएको हो ।

बिहीबार साँझ इलाका प्रहरी कार्यालय बेलौरीबाट गएको टोलीमाथि भारतीय तस्करले गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको जनाएको छ ।

प्रहरीको जवाफी कारबाहीमा एक भारतीय तस्करको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा जिल्ला पिलिभित थाना हजारा गुदान ४ बस्ने २५ वर्षीय गोबिन्दा सिंह रहेका छन् ।  बाँकी तस्कर भने फारार भएको र दोहोरो गोली हानाहानमा नेपाल प्रहरीतर्फ एकजना सामान्य घाइते भएको उनले बताए ।

प्रहरी प्रवक्ता थापाका अनुसार भारतीय तस्करले नेपालमा लागुऔषध ल्याउन लागेको सूचना पाएपछि त्यसतर्फ नेपाल प्रहरीको टोली खटिएको थियो । प्रहरीले घटना स्थलबाट लागुऔषधसहित नक्कली नोट बनाउने मेसिनसमेत बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ९ : १६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार