होटल प्लाटिनममा प्रहरीको छापा, २३ लाख रुपैयाँसहित १० जना पक्राउ « Khabarhub

होटल प्लाटिनममा प्रहरीको छापा, २३ लाख रुपैयाँसहित १० जना पक्राउ


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय प्रहरी वृत्त कालिमाटीले ताहाचलस्थित प्लाटिनम होटलमा रहेको सीएमजी क्लबमा छापा मारेर म्यानेजरसहित १० जनालाई पक्राउ गरेको छ ।

अवैध रुपमा उक्त क्लबको क्यासिनोमा जुवा खेलाउने र खेल्ने १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले रु २२ लाख ९६ हजार रकम समेत बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उक्त होटलमा अवैध रुपमा क्यासिनो सञ्चालन भएको भन्ने गोप्य सूचनाका आधारमा कालिमाटीबाट खटिएको प्रहरी टोलीले छापा मारेको हो ।

पक्राउ पर्नेमा भारत–मोतिहारीका रञ्जितकुमार जैसवाल, सोहनप्रसाद, मुमताज मियाँ, शेख मुर्तुजा अलि, जनकपुरका राजकुमार सिंह र बाराका टिन्कुप्रसाद छन् । जुवा खेलाउने काठमाडौँ महानगरपालिका–२२ बस्ने सो होटलका व्यवस्थापक महेश मल्ल, सर्लाहीका कमलदेव चौधरी, अजय यादव, क्यासियर सचिन वाग्ले पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट प्रहरीले रु नौ लाखको चेक, नगद रु आठ लाख, ३९० वटा क्यासिनो क्वाइन, पैसा गन्ने यन्त्रलगायत सामग्री बरामद गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ९ : ३८ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष