रियल सोसीडाडलाई ३४ वर्षपछि 'कोपा डेल रे' को उपाधि | Khabarhub Khabarhub

रियल सोसीडाडलाई ३४ वर्षपछि ‘कोपा डेल रे’ को उपाधि


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रियल सोसिडाडले ३४ वर्षपछि स्पेनिस ‘कोपा डेल रे’ फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई १-० गोल अन्तरले पराजित गर्दै सोसिडाडले सन् २०१९/२० उपाधि जितेको हो ।

सोसिडाडलाई च्याम्पियन बनाउन मिकेल ओयार्जाबलले निर्णायक गोल गरे । उनले खेलको ६३औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

यसअघि सोसिडाडले ३४ वर्षअघि सन् १९८७ मा पहिलो उपाधि जितेको थियो ।

पराजित बिल्बाओले भने यहिँ अप्रिलमा कोपा डेल रेको अर्को फाइनल खेल्नेछ । सन् २०२०/२१ को फाइनलमा बिल्बाओले बार्सिलोनासँग खेल्नेछ । फाइनल खेल अप्रिल १७ मा हुँदैछ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १० : ४५ बजे

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले