जनगणनाका लागि सुपरीवेक्षकको सूची सार्वजनिक « Khabarhub

जनगणनाका लागि सुपरीवेक्षकको सूची सार्वजनिक


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतमामा जनगणनाका लागि परिचालन हुने सुपरीवेक्षकको पहिलो सूची सार्वजनिक भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागको वेबसाइटमा अनलाइन आवेदन दिएकामध्ये सुपरीवेक्षकका लागि ८३ जनाको संक्षिप्त सूचीमा नाम निकालिएको छ ।

यिनीहरुमध्येबाट जनगणनाका लागि ६१ सुपरीवेक्षक छनोटमा पर्ने जनाइएको छ । पर्वतमा जनगणनाको तयारी भइरहँदा गणक र सुपरीवेक्षक खटाइनेछ । आवश्यकताभन्दा धेरैको आवेदन परेपछि संक्षिप्त सूचीमा पनि धेरै जनाको नाम निकालिएको छ ।

जनगणना कार्यालय पर्वतका प्रमुख ज्योति केसीले संक्षिप्त सूचीमा परेकालाई कार्यालयले वैशाख १० गतेसम्म कार्यालयमा सम्पर्क राख्न भनेको बताए ।

कार्यालयमा आवेदकलाई बोलाएर आवश्यक कागजातको परीक्षण, अन्तरवार्ता र तथ्याङ्क विभागले बनाएको कार्यविधिलाई टेकेर सुपरीवेक्षक छनोट गरिने केसीले जानकारी दिए ।

जिल्लाका सातै स्थानीय तहका ६१ वटा वडामा एक–एक जना सुपरीवेक्षक र चार गणक खटिने जनाइएको छ । गणकको सूची भने वैशाख १५ गतेपछि मात्रै सार्वजनिक हुने कार्यालय प्रमुख केसीले बताए । सुपरीवेक्षक वैशाख २६ देखि गणनाको काम लिएर गाउँ जानेछन् ।

जनगणना कार्यालय पर्वतमा स्थापना भएपछि कार्यालयले सञ्चारकर्मीसँग एक चरणमा अन्तरक्रिया भएको छ । जनगणना सचेतनासम्बन्धी एक चरणमा जनप्रतिनिधिसँग गोष्ठी भएको छ ।

‘मेरो जनगणना मेरो सहभागिता’ भन्ने नाराका साथ २०७८ मा हुने गणनालाई महत्वका साथ हेरिएको छ । यस वर्ष अक्सर बसोबासका आधारमा गणना हुने जनाइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १० : ०१ बजे

काठमाडौं महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौं – काठमाडौं महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने

आईपीएल : प्रभसिमरन सिंहले पूरा गरे अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार पञ्जाब किंग्स

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका

अब काठमाडौंमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौं – जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी