'राज्यको नीति पर्यटन मैत्री हुनुपर्छ' | Khabarhub Khabarhub

‘राज्यको नीति पर्यटन मैत्री हुनुपर्छ’


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघको आयोजनामा काठमाडौँमा हस्पिटालिटी म्याजनेजमेन्ट सम्बन्धी २ दिने तालिम शुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपालको पर्यटन विकासमा साना तथा मझौला होटलहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पर्यटन व्यवसायलाई माथि उठाउन राज्यका नीति पर्यटन मैत्री हुनुपर्ने बताए । उनले समय अनुरुप होटलहरूले क्षमता अभिवृद्धि गर्न व्यवसायीलाई सुझाव दिए ।

बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले कोभिडको समयमा साना तथा मझौला होटलहरूले क्वारेन्टाइन व्यवस्थापन लगायतमा राज्यलाई ठूलो सहयोग गरको बताउँदै बदलिँदो परस्थिति अनुरुप होटल व्यवसायीहरुले आफ्नो क्षमता अभिवृद्धि गर्दै जानु पर्ने बताए ।

उनले व्यवसायीहरुकै क्षमता अभिवृद्धिका लागि बोर्डले यस प्रकारका तालिमहरुमा सहकार्य गरेको जानकारी दिँदै आउँदा दिनमा यस प्रकारका तालिमलाई सातै प्रदेशमा विस्तार गरिने बताए ।

होटल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अमृत भुजेलले राज्यका नीति साना व्यवसाय मैत्री बन्न नसकेको गुनासो गर्दै देशमा ठूलो संख्यामा रोजगारी सिर्जना गरेका साना तथा मझौला होटहलहरुको क्षमता अभिवृद्धिका लागि राज्यले थप सहयोग गर्नुपर्ने बताए ।

महासंघकमा अध्यक्ष हिराध्वज शाहले देशभरी करिब ८१ हजार साना तथा मझौला होटलहरु रहेको र करिब ६ लाख रोजगारी सिर्जना गरेको उल्लेख गर्दै कोभिडले थलिएका साना व्यवसायीहरुले राहत पाउन नसकेको गुनासो गरे ।

उनले आफुहरू होटलको गुणस्तर तथा व्यवसायीहरूको क्षमता अभिवृद्धिका तयार रहको र राज्यले समेत त्यसका लागि सहयोग गर्नुपर्ने बताए ।

महासंघका महासचिव बिरमञ्जन बटालालले व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्न सके गुणस्तरमा सुधार आउने बताउँदै यस्ता तालिमलाई देशैभरी लैजानु पर्ने बताए ।

तालिममा ७७ जिल्लाबाट १ सय २० जना व्यवसायीहरु सहभागी रहेको र यस प्रकारका तालिमलाई विस्तारै प्रदेश र जिल्ला तहमा पनि लैजाने योजना रहको महासंघका सचिव शंकर भण्डारीले जानकारी दिए ।

सहभागीलाई पर्यटन मन्त्रालयका सहसचिव प्रदिपकुमार कोईराला, पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरे, पर्यटन विज्ञ सूर्यकिरण श्रेष्ठ लगायतले तालिम दिने सचिव भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ११ : ३४ बजे

पातपतिङ्गरबाट जैविक मल उत्पादन

गण्डकी– प्राकृतिक स्रोतको उचित उपयोग गर्ने हो भने  स्वदेशमै अवसर

मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा, नगर परिक्रमा गरिँदै

भक्तपुर– आश्विन शुक्ल पूर्णिमाका अवसरमा आइतबार साँझ मध्यपुरथिमिमा ‘येंया पुन्ही

देउवालाई बालेन्द्रको कटाक्ष : फेसबुक कुन भीपीएनबाट चलाउँदै हुनुहुन्छ ? 

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार

भन्सार छलीका कपडा र मोटरसाइकलसहित युवक पक्राउ

सिरहा– भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएको लत्ताकपडा र

स्वास्थ्य बीमा : अब काभ्रेका आठ संस्थाबाट प्रथम सेवा

काभ्रेपलाञ्चोक– स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको काभ्रेपलाञ्चोकको थप एक नगर अस्पतालले प्रथम सेवा