चिनियाँ नागरिकलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ | Khabarhub Khabarhub

चिनियाँ नागरिकलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ नागरिकलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर कार्यालय काठमाडौँका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २८ वर्षीय फुलकाजी तामाङ, २४ वर्षीय अमिर तामाङ, २८ वर्षीय बुद्ध तामाङ, २८ वर्षीय रोशन लामा रहेका छन् ।

परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार उनीहरुले गत १६ चैतमा काठमाडौँ-२६ ठमेलस्थित चिनियाँ नागरिक ३४ वर्षीय युन जियोमेनको कोठामा लुटपाट गरेका थिए । काठमाडौँका विभिन्न स्थानमा बस्ने उनीहरुले चिनियाँ नागरिक, उनकी श्रीमतीलगायतलाई धारिलो हतियार देखाएर हातखुट्टा बाँधेर बन्धक बनाएका थिए ।

त्यसपछि घरमा रहेका धनमाल लुटेर फरार भएका थिए । उनीहरुलाई परिसर र महानगरीय प्रहरी वृत्त लैनचौरको विशेष प्रहरी टोलीले शनिबार र आइतबार विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ७ लाख ९२ हजार रुपैयाँ, चिनियाँ युआन ६ हजार, १ सय, सुनको तिलहरी, बाला, कानमा लगाउने मुन्द्रा, औंठी बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १२ : ०५ बजे

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि

माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती

रौतहट– रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५