चिनियाँ नागरिकलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ « Khabarhub

चिनियाँ नागरिकलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ नागरिकलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर कार्यालय काठमाडौँका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २८ वर्षीय फुलकाजी तामाङ, २४ वर्षीय अमिर तामाङ, २८ वर्षीय बुद्ध तामाङ, २८ वर्षीय रोशन लामा रहेका छन् ।

परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार उनीहरुले गत १६ चैतमा काठमाडौँ-२६ ठमेलस्थित चिनियाँ नागरिक ३४ वर्षीय युन जियोमेनको कोठामा लुटपाट गरेका थिए । काठमाडौँका विभिन्न स्थानमा बस्ने उनीहरुले चिनियाँ नागरिक, उनकी श्रीमतीलगायतलाई धारिलो हतियार देखाएर हातखुट्टा बाँधेर बन्धक बनाएका थिए ।

त्यसपछि घरमा रहेका धनमाल लुटेर फरार भएका थिए । उनीहरुलाई परिसर र महानगरीय प्रहरी वृत्त लैनचौरको विशेष प्रहरी टोलीले शनिबार र आइतबार विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ७ लाख ९२ हजार रुपैयाँ, चिनियाँ युआन ६ हजार, १ सय, सुनको तिलहरी, बाला, कानमा लगाउने मुन्द्रा, औंठी बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १२ : ०५ बजे

काठमाडौं महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौं – काठमाडौं महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने

आईपीएल : प्रभसिमरन सिंहले पूरा गरे अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार पञ्जाब किंग्स

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका

अब काठमाडौंमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौं – जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी