‘अनन्त’मा बाँधिए कर्मा र लक्ष्मी « Khabarhub

‘अनन्त’मा बाँधिए कर्मा र लक्ष्मी


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता कर्मा र लक्ष्मी बर्देवा पहिलोपटक एकसाथ स्क्रिन शेयर गर्ने भएका छन् । फिल्म ‘अनन्त’मा यो जोडी पहिलोपटक पर्दामा सँगै देखिन लागेका हुन् ।

फिल्मको शनिबारबाट भक्तपुरमा छायांकन सुरु भएको छ । टाइम ट्राभल लभस्टोरी विधाको यो फिल्ममा जेसन लोप्चनको निर्देशन रहनेछ ।

अस्कर फिल्म कलेजबाट ग्रयाजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरेका छन् । उनले फिल्मले आफ्नो प्रेमका लागि हदसम्म जाने चरित्रको कथा पेस गर्ने बताए ।

‘आफूले प्रेम गर्ने मानिसको रक्षाका लागि हामी कुन हदसम्म जान सक्छौं, फिल्मको कथा यही नै हो तर यसलाई हामीले साइफाइ फ्लेबर दिएका छौं,’ जेसनले भने ।

जेसनले आफू क्रिस्टोफर नोलनको प्रशंसक भएको बताउँदै उनका ‘इन्सेप्सन’, ‘टेनेट’ जस्ता फिल्मको शैलीबाट प्रेरित भएर नै ‘अनन्त’ लेखेको जानकारी गराए ।

२० दिनमा सुटिङ सक्ने लक्ष्य लिएर फ्लोरमा गएको फिल्मको पटकथा जेसनले नै लेखेका हुन् । फिल्ममा बबिन दुलालको छायांकन तथा नवविजय श्रेष्ठको निर्माण हुनेछ ।

रन्जन ढुंगाना र शीतल खड्का सह–निर्माता रहने फिल्ममा तेजबहादुर श्रेष्ठ र दीपेश राउत सहायक निर्माता छन् । रेमन मल्ल र सल्लेन सुवाल लाइन प्रोड्युसर छन् ।

जीवन अधिकारीको समेत अभिनय रहने फिल्म काठमाडौंमा करण श्रेष्ठ र जीजीए ग्रुप मिलेर वितरण गर्नेछन् । फिल्म किपालय प्रडक्सनको ब्यानरमा बन्न लागेको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १ : ४३ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय