‘अनन्त’मा बाँधिए कर्मा र लक्ष्मी « Khabarhub

‘अनन्त’मा बाँधिए कर्मा र लक्ष्मी


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता कर्मा र लक्ष्मी बर्देवा पहिलोपटक एकसाथ स्क्रिन शेयर गर्ने भएका छन् । फिल्म ‘अनन्त’मा यो जोडी पहिलोपटक पर्दामा सँगै देखिन लागेका हुन् ।

फिल्मको शनिबारबाट भक्तपुरमा छायांकन सुरु भएको छ । टाइम ट्राभल लभस्टोरी विधाको यो फिल्ममा जेसन लोप्चनको निर्देशन रहनेछ ।

अस्कर फिल्म कलेजबाट ग्रयाजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरेका छन् । उनले फिल्मले आफ्नो प्रेमका लागि हदसम्म जाने चरित्रको कथा पेस गर्ने बताए ।

‘आफूले प्रेम गर्ने मानिसको रक्षाका लागि हामी कुन हदसम्म जान सक्छौं, फिल्मको कथा यही नै हो तर यसलाई हामीले साइफाइ फ्लेबर दिएका छौं,’ जेसनले भने ।

जेसनले आफू क्रिस्टोफर नोलनको प्रशंसक भएको बताउँदै उनका ‘इन्सेप्सन’, ‘टेनेट’ जस्ता फिल्मको शैलीबाट प्रेरित भएर नै ‘अनन्त’ लेखेको जानकारी गराए ।

२० दिनमा सुटिङ सक्ने लक्ष्य लिएर फ्लोरमा गएको फिल्मको पटकथा जेसनले नै लेखेका हुन् । फिल्ममा बबिन दुलालको छायांकन तथा नवविजय श्रेष्ठको निर्माण हुनेछ ।

रन्जन ढुंगाना र शीतल खड्का सह–निर्माता रहने फिल्ममा तेजबहादुर श्रेष्ठ र दीपेश राउत सहायक निर्माता छन् । रेमन मल्ल र सल्लेन सुवाल लाइन प्रोड्युसर छन् ।

जीवन अधिकारीको समेत अभिनय रहने फिल्म काठमाडौंमा करण श्रेष्ठ र जीजीए ग्रुप मिलेर वितरण गर्नेछन् । फिल्म किपालय प्रडक्सनको ब्यानरमा बन्न लागेको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १ : ४३ बजे

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको