पदाधिकारी नभए पनि विज्ञापन गर्दै लोक सेवा आयोग « Khabarhub

पदाधिकारी नभए पनि विज्ञापन गर्दै लोक सेवा आयोग


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— गत चैत ११ गतेबाट पदाधिकारीविहीन भएको लोक सेवा आयोगले आगामी बुधबार प्राविधिकतर्फको खरिदार तहको विज्ञापन गर्ने भएको छ ।

खरिदारको विज्ञापन आह्वान गरे पनि परीक्षा भने तत्काल नहुने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए ।

आयोगले वार्षिक कार्यतालिकाअनुसार आगामी २५ गते प्राविधिक खरिदार तर्फका दुई तहमा दरखास्त आह्वान गर्ने भएको हो ।
राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाको चौथो तहको विज्ञापन आह्वानको लागि आवश्यक तयारी भइसकेको सुवेदीले जानकारी दिए ।

उनले भने, ‘वार्षिक कार्यतालिकाअनुसार यी पदहरूको दरखास्त आह्वान चैत अन्तिम सातामा भई जेठमा परीक्षा, असारमा नतिजा प्रकाशन, साउनमा अन्तर्वार्ता र सिफारिस हुनुपर्छ ।’

आयोग पदाधिकारीविहीन भएकाले विज्ञापन आह्वान गरिए पनि परीक्षा लगायत अन्य काम तत्काल नहुने उनको भनाइ छ ।
आयोगमा पदाधिकारी नियुक्त नहुन्जेलसम्म विज्ञापन आह्वान भएका यी पदको लिखित परीक्षा, अन्तर्वार्ता लगायत अन्य सबै काम ठप्प हुने उनले बताए ।

विज्ञापन खुलाउने विषय आयोगको वार्षिक कार्यतालिका अनुसार पदाधिकारीको पदावधि सकिनुअगावै स्वीकृत भइसकेकाले लामो छलफलपछि विज्ञान आह्वानको तयारी भएको उनले बताए । आयोग पदाधिकारीविहीन भएपछि नयाँ विज्ञापन गर्ने कि नगर्ने भन्ने विषयमा अन्यौल रहेको थियो ।

आयोगबाट स्वीकृति लिएका ९२ वटा संस्थामध्ये अझै करिब ४० वटाको विज्ञापन गर्न बाँकी रहेको उनले बताए । निजामती तर्फको वार्षिक कार्यतालिका अनुसार यो अन्तिम विज्ञापन हुने उनले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ६ : ०५ बजे

कोइराला निवासका लागि छुट्याइएको २ करोड रुपैयाँ लिन मानेनन् शेखरले 

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका