हामीले बाल्यकालमा कितावमा मयुर प्वाख राख्थ्यौँ, आज सात फाइदा थाहा पाउनुहोस् | Khabarhub Khabarhub

हामीले बाल्यकालमा कितावमा मयुर प्वाख राख्थ्यौँ, आज सात फाइदा थाहा पाउनुहोस्


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मयुरको प्वाख सुन्दर हुनुका साथै हिन्दु धर्मालम्बीबीच पवित्र मानिन्छ । तर किन मयुरको प्वाख पवित्र मानिन्छ होला ? यसबारे धेरैमा जिज्ञासा हुनसक्छ ।

हिन्दुमाझ मयुरको प्वाख पवित्र मानिनुमा प्रसंग भगवानसंग जोडिएर पनि हो । भगवान श्रीकृष्ण आफ्नो शिरमा मयुर प्वाख लगाउने गर्दथे । साथै भगवान विष्णु र देवी लक्ष्मीमा समेत प्रिय मानिन्छ । साथै गणेश र सरस्वतीलाई समेत यो प्रिय मानिन्छ । यतिमात्र होइन भगवान कार्तिकेयको वहान पनि मयुर नै हो ।

मयुर प्वाख जति सुन्दर मानिन्छ । त्यति नै यसलाई घरमा राख्दा पनि लाभ हुने धार्मीक मान्यता छ । यसलाई घरमा राख्दा ग्रह दोषदेखि वास्तु दोषसमेत निवारण हुने मान्यता छ । के के छ त मयुर प्वाख घरमा राख्नुको फाइदा :

१. नकारात्मक ऊर्जालाई नष्ट गर्न घरको मुख्यद्धारमा मयुर प्वाख राखेर त्यस मुनि गणेशको प्रतिमा वा तस्बीर राख्न पर्दछ । यसो गरे घरमा सुख शान्ति प्राप्त हुने मान्यता छ ।

२. घरको पूजा कोठामा देवी देवताका साथै मयुरको प्वाख राख्नु अत्यन्त शुभ मानिन्छ । यसो गरे घरमा सुख–समृद्धि बनी रहने आर्थिक समस्या नहुने मान्यता छ ।

३. घरमा सकारात्मक ऊर्जा सञ्चार गराउन, परिवारका सदस्यबीचको समस्या नष्ट गर्न सम्बन्ध प्रगाढ बनाउन घरको बैठक कक्षमा मयुर प्वाख लगाउनु पर्दछ ।

४. प्रेमको प्रतीक पनि मानिने भएकाले वास्तुशास्त्र अनुसार २ वटा मयुर प्वाख बेडरूममा राख्नु पति पत्निका बीच आपसी तालमेल र प्रेम दिर्घायु हुने मान्यता छ ।

५. भगवान श्रीकृष्णको प्रिय बाँसुरीका साथ मयुर प्वाख राखेमा घरको वास्तु दोष निवारण हुने धार्मीक मान्यता छ ।

६. देवी सरस्वतीलाई समेत प्रिय मयुर प्वाख पढाई कमजोर भएका बालबालिकाको किताबका बीचमा रोखमा बालबालिकालाई पढाईमा रुची बढ्ने मान्यता छ ।

७. घरमा जुन ढुकुटीमा रुपैयाँ पैसा वा गरगहना राखिन्छ त्यहा मयुर प्वाख राखेमा आर्थिक स्थितिमा सुधार हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ७ : ३८ बजे

जेलेन्स्कीलाई ट्रम्पको चिट्ठी – ‘अर्थहीन हत्या अन्त्य गर्ने समय भयो’

एजेन्सी – अतिक्रमणविरुद्ध रूससँग युद्धरत युक्रेनको ३४औँ स्वतन्त्रता दिवस अवसरमा

साझा उत्सवका रूपमा तीज पर्वलाई अंगिकार गर्नुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले तीज पर्वलाई आपसी भाइचाराको

कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन

काठमाडौं– कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी

‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक

मोरङ– कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी–  दुहबी नगरपालिका-८ स्थित विश्वकर्मा ईन्जिनियरिङ्ग वोर्कस वर्कसपमा काम गर्ने क्रममा करेन्ट