साउदीको जेद्धामा २२ नेपाली अलपत्र « Khabarhub

साउदीको जेद्धामा २२ नेपाली अलपत्र

पीडित भन्छन– ट्वाइलेको पानी खान बाध्य छौँ



दोहा : वैदेशिक रोजगारीका क्रममा साउदी अरबको जेद्धा पुगेका २२ नेपाली अलपत्र परेका छन् । जेद्धास्थित अलसाद बिजनेस एरपोर्ट सेर्बिसेजस कम्पनीमा २०१८ को जनावरीमा पुगेका उनीहरू अलपत्र परेको बताएका छन् ।

काठमाडौँमा रहेको स्काई-वे मेनेजमेन्ट म्यानपावरमार्फत गएका उनीहरू दुई बर्षको करार अवधि सकिएपछि पनि कम्पनीले घर नपठाउदाँ अलपत्र परेको एक भिडियो सन्देश मार्फत उनीहरूले बताएका छन् ।

२९ महिना भईसक्दा पनि घर नपठाएको र कम्पनीले काम गरेको पारिश्रमिक पनि नदिएको कारण आफूहरू भोकभोकै बस्न बाध्य भएको उनीहरूले बताएका छन् ।

कम्पनीले वेवास्ता तथा नेपालबाट पठाउने म्यानपावरले उद्धार गर्न कुनै पहल र सहयोग नगरेको कारण आफूहरूको अवस्था दयनीय बनेको पीडितहरूले बताएका छन् । एउटै कोठा यति धेरै मानिस बस्नुपर्ने भएका कोरोना संक्रमण जोखिम बढेको उनीहरूको भनाइ रहेको छ ।

अलपत्र मध्ये केही विगत ८ महिनादेखि बिरामी भएको र कम्पनीले कुनै पनि उपचार नगर्दा समस्य थप जटिल बन्दै गएको बताएका छन् । ९ महिनादेखि भिसाविहीन भएका उनीहरू बाहिर हिडडुल गर्न समेत निस्किन सकेका छैन् । खाने पानीको नभएको कारण अहिले ट्वाइलेको पानी खान बाध्य भएको उनीहरूले बताएका छन् ।

विगत ३ महिनादेखि आफूहरूको उद्धार गरी स्वदेश फर्काउन जेद्धामा रहेको महाबाणिज्य दूतावासलाई पटक पटक अनुरोध गर्दा दूतावासले आश्वासन दिएर टार्ने गरेको उनीहरूले बताए ।

उनीहरूले आफूहरूको समस्या नेपाल सरकार, नेपाली दूतावास रियाद लगायत सम्बन्धित निकायसम्म पुर्याइदिन समेत विभिन्न संचार माध्यमलाई अनुरोध गरेका छन् । यता महाबाणिज्य दूतावासका अनुसार उनीहरूको बहिर्गमन भिसाको लागि कुराकानी भैरहेको र चाडै समस्या समाधान हुने जनाएको छ ।

साथै आवश्यक खानको व्यवस्था पनि गरिरहेको जनाएको छ। पछिल्लो समयमा कोरोना महामारीको करण देखाउदै साउदी, कुवेत लगायतका खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरूलाई कम्पनीले समयमा पारिश्रमिक नदिने, घर नपठाउने र काम पनि नदिई कोठामै राख्ने गरेका गरेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १२ : ३२ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा