कमेडियन उपासनाविरुद्ध प्रहरीको उजुरी « Khabarhub

कमेडियन उपासनाविरुद्ध प्रहरीको उजुरी


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–टेलिभिजन उद्योगकी प्रख्यात कमेडियन उपासना सिंहविरुद्ध प्रहरीले कोरोना भाइरस सम्बन्धी नियमको उल्लंघन गरेको आरोपमा उजुरी दर्ता गराएको छ ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार पञ्जाबमा हालको समयमा पूर्ण लकडाउन गरिएको छ । लकडाउनको समयमा उपासना रुपनगरको मोरिण्डामा नयाँ फिल्मको सुटिङमा व्यस्त रहेको खबर प्रहरीमा पुगेपछि प्रहरीले सुटिङस्थलमा छापा मारेको थियो ।

प्रहरीले उपासनालाई कोरोना नियम उल्लंघन गरेकोमा कैयौं प्रश्न सोधेको थियो । तर उपासनाले कुनै प्रश्नको जवाफ दिन सकिनन् । यतिमात्र होइन, उपासनासँग सुटिङ अनुमति पत्र पनि थिएन ।

प्रहरीले सुटिङ लोकेसनको भिडियो बनाएर अभिनेत्रीविरुद्ध मुद्धा दर्ता गराएको हो । प्रहरीले एपेडेमिक डिसीज एक्ट र डिजास्टर मेनेजमेन्ट एक्टसहित कैयौं धाराको प्रयोग गरेर मुद्धा दर्ता गराएको छ ।

उपासनाअघि पञ्जाबी अभिनेता जिम्मी शेरगिल र गिप्पी ग्रेवालमाथि पनि प्रहरीले कोरोना नियम उल्लंघनको आरोपमा मुद्धा दर्ता गराएको थियो ।

उपासना पछिल्लोपटक पञ्जाबी फिल्म ‘नोकर वहुती दा’मा देखिएकी थिइन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १२ : २० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको