सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ संक्रमितको मृत्यु « Khabarhub

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ संक्रमितको मृत्यु


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया र वडा नं १३ का २२ वर्षीय छन् ।

महिलाको आज बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । यसैगरी दार्चुला, मालिकार्जुन गाउँपालिका –८ का ६६ वर्षीय पुरुषको पनि एन्टिजेनबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ आएकामा अस्पतालको आकस्मिक कक्षमा सोमबार राति ९ बजेका समयमा मृत्यु भएको छ ।

यस्तै कञ्चनपुर, भीमदत्त नगरपालिका –१२ घर भएका ७१ वर्षीय पुरुषको अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एन्टिजेनबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ आएकामा उनको आज बिहान ३ बजेका समयमा मृत्यु भएको हो ।

यस्तै बझाङका २६ वर्षीय पुरुषको पनि यही वैशाख १४ गते एन्टिजेनबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ आएकामा इमर्जेन्सी वार्डमा सोमबार राति साढे १० बजेका समयमा मृत्यु भएको जनाइएको छ ।

सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पिसिआर रिपोर्ट पोजेटिभ आएकामा राति २ बजेका समयमा उपचारका क्रममा उनको मृत्यु भएको जोशीले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १ : ०६ बजे

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण

बिदाको दिन प्रशासन खुलेपछि राष्ट्रिय परिचयपत्र बनाउन सहज

दमौली– सरकारी कार्यालयमा सामान्यतया सार्वजनिक बिदाका दिन सेवा प्रवाह हुँदैन

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

भद्रपुर– पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा