‘देशमाथि’ बन्यो ‘उत्कृष्ट फिल्म’, सरोज ‘उत्कृष्ट निर्देशक’ « Khabarhub

‘देशमाथि’ बन्यो ‘उत्कृष्ट फिल्म’, सरोज ‘उत्कृष्ट निर्देशक’


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा हालै सम्पन्न ‘नेपाल सर्ट फिल्म अवार्ड २०७७’मा तेजेन्द्रप्रसाद कँडेल निर्देशित सर्ट फिल्म ‘देशमाथि’ले ‘उत्कृष्ट सर्ट फिल्मको अवार्ड जितेको छ ।

अवार्डमा अभिनेता सरोज खनालले ‘उत्कृष्ट निर्देशक’को अवार्ड जितेका छन् । खनालले डेब्यू निर्देशन रहेको सर्ट फिल्म ‘बिहानीमै अस्ताएको सूर्य’बाट यो अवार्ड जितेका हुन् ।

स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियनसले प्रतियोगितामा १९ वटा सर्ट फिल्म सहभागी थिए । कार्यक्रम निर्देशक तथा नेपाल चलचित्र संयोजक समाजका उपाध्यक्ष राजु अधिकारीले ८ वटा सर्ट फिल्म अवार्डमा चयन भएको जानकारी दिए ।

अवार्डमा फिल्म ‘नशा’बाट तुलसीप्रसाद श्रेष्ठले ‘सर्वोत्कृष्ट खलपात्र’, ‘धुर्तकाजी’बाट शेखर खनालले ‘सर्वोत्कृष्ट हास्य अभिनेता’, ‘हाम्रो नाता’बाट सुरज पोखरेलले ‘सर्वोत्कृष्ट नवनायक’ र ‘सहारा’बाट ध्रुव दत्तले ‘सर्वोत्कृष्ट नायक’को अवार्ड जिते ।

त्यस्तै ‘हाम्रो नाता’बाट आशुतोष अधिकारीले ‘सर्वोत्कृष्ट नवनिर्देशक’, ‘लकडाउन’बाट आरती अधिकारी आचार्यले ‘सर्वोत्कृष्ट कथा’ र ‘सहारा’बाट पुरु राईले ‘सर्वोत्कृष्ट कथा (डायस्पोरा)’ अवार्ड पोल्टामा पारे ।

निर्देशक तर्फको ‘जुरी अवार्ड’ फिल्म ‘मेरो भगवान’का लागि केडी प्रश्रितले र ‘ज्यान जाने पिरिम’बाट अमिर बरालले ‘इनकरेजमेन्ट अवार्ड’ पाए ।

विजेताहरुलाई पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, रमेश बुढाथोकी, नवल खड्कालगायतले अवार्ड प्रदान गरे ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ३ : ३० बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति