दीपिकाको परिवारलाई नै कोरोना संक्रमण « Khabarhub

दीपिकाको परिवारलाई नै कोरोना संक्रमण


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री दीपिका पादुकोणको परिवार नै कोरोना संक्रमित भएका छन् ।

स्पटब्वाइमा प्रकाशित समाचारअनुसार दीपिकाको पिता प्रकाश पादुकोण, आमा उज्जला पादुकोण र बहिनी अनीशा पादुकोणलाई कोरोना संक्रमण भएको हो ।

प्रकाशका साथीका अनुसार दीपिकाको परिवारलाई १० दिन अघि नै कोरोना भाइरसको लक्षण देखिएको थियो । लक्षण देखिएपछि गरिएको परीक्षणमा उनीहरुलाई पोजेटिभ देखिएको हो ।

दीपिकाको पिता बेङलोरको एक अस्पतालमा भर्ना भएका छन् । उनी आगामी सातासम्म डिस्चार्ज हुनेछन् ।

‘करिब १० दिन अघि प्रकाश, उनकी पत्नी र छोरी अनीशालाई कोरोनाको लक्षण देखिएको थियो । त्यसपछि उनीहरुले स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आयो । पोजेटिभ रिपोर्ट देखिएपछि उनीहरुले होम आइसोलेट गरे पनि प्रकाशमा ज्वरोको मात्रा बढेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो’, प्रकाशका एक साथीले भनेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ५ : १० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका