पहाडी भू-भागमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना « Khabarhub

पहाडी भू-भागमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्‍चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । पहाडी भूभागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा को सम्भावना रहेको छ ।

यसैगरी आज राति पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । त्यस्तै प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा को सम्भावना रहेको छ।

पहाडी भूभागका एक दुइ स्थानमा स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ७ : ३६ बजे

स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी : भारतद्वारा कडा आपत्ति प्रकट !

काठमाडौं – सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज स्ट्रेटमा भारतीय

वैशाख ८ गतेदेखि सोल्मामा ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता

खोटाङ – सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले यही वैशाख ८

दिल्ली क्यापिटल्सको रोमाञ्चक जित, आरसिबी ६ विकेटले पराजित

काठमाडौं – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को रोमाञ्चक खेलमा

आइपिएल : चेन्नईलाई हैदराबादले दियो १९५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा

ट्रम्पले भने : ‘स्ट्रेट अफ हर्मुज’ मा इरानले हामीलाई सौदाबाजी गर्न सक्दैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानलाई स्ट्रेट अफ