पत्रकार धमलाको पहलमा धादिङका स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री प्रदान « Khabarhub

पत्रकार धमलाको पहलमा धादिङका स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री प्रदान


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पत्रकार ऋषि धमलाको पहलमा धादिङका विभिन्न स्वास्थ्य संस्थामा स्वस्थ्य सामग्री प्रदान गरिएको छ । पत्रकार धमलाका अनुसार धादिङको निलकण्ठ नगरपालिका, जिल्ला अस्पताल र ज्यामरुङ स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।

जिल्ला अस्पतालको लागि ५ वटा अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । त्यस्तै, नगरपालिकाको स्वास्थ्य चौकीमा १० वटा अक्सिजन सिलिण्डर, ५ हजार थान सर्जिकल माक्स, १ सय ५० पिस ग्ल्ब्स, फेसियल २० वटा र केएन नाइन्टीन फाइभ माक्स १० वटा, रियूजेवल ग्राउन १० र एन्टीजेन किट २ सय सहयोग गरिएको हो ।

पत्रकार धमलाले भने, ‘कोरोना संक्रमित बढ्दै गएपछि उपचारमा सहज होस भनी सहयोग गरिएको हो ।’ कुनै पनि नागरिकलाई कोरोना संक्रमणका कारण मर्न नपरोस भनेर आफूले पहल गरी सहयोगको अभियान संचालन गरेको उनले बताए ।

धमलाले धादिङका जनतालाई रोग र भोकबाट बचाउनको लागि आफूले सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ७ : ५४ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द