ब्ल्याक फंगस (म्युकरमाइकोसिस) कस्तो रोग हो, कति हानिकारक छ ? « Khabarhub

ब्ल्याक फंगस (म्युकरमाइकोसिस) कस्तो रोग हो, कति हानिकारक छ ?


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहीबार मात्र कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ६५ बर्षीय पुरुषको म्यूकोर्माइकोसिस (कालो ढुसी) को संक्रमणबाट मृत्यु भयो ।

अस्पताल प्रशासनका अनुसार कालो ढुसीबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालको यो पहिलो घटना थियो । उनको उपचारमा संलग्न डाक्टर निशान भट्टराईका अनुसार कालो ढुसीको लक्षण देखिएपछि बायोप्सी परीक्षण गर्दा उनमा यो रोग पुष्टि भएको हो ।

यस अघि करिब एक महिनाको अवधिमा यही रोगबाट पर्साको वीरगञ्मा पटक पटक गरी ८ जनाको मृत्यु भइसकेको छ । वीरगन्जमा संक्रमण देखिएका आठै जना कोभिडबाट निको भइसकेकाहरू हुन् । कोरोना संक्रमित व्यक्तिमा कोरोना लक्षण देखिएको १२ देखि २० दिनको अवधिमा ब्ल्याक फंगसको संक्रमण देखापर्ने गरेको छ । अहिलेसम्मको अनुसन्धानले ब्ल्याक फंगस हावा र माटोबाट सर्ने देखिएको छ ।

के हो ब्ल्याक फंगस ? कसरी सर्छ यो रोग ?

सामान्य भाषामा ब्ल्याक फंगस भनिने म्युकरमाइकोसिस एक प्रकारको कालो ढुसीले निम्त्याउने रोग हो। अध्ययन अनुसार म्युकर नामक यो ढुसी हाम्रै वरिपरि, जहीँतहीँ हुनसक्छ । सेती प्रादेशिक अस्पतालका डा. निशान भट्टराईका अनुसार कुहिएको खाना, पानी बग्ने धारा, माटो, घाँस–पतिंगर, फोहोर लगायतमा यो ढुसी उब्जिन्छ। अहिले कोभिड१९ महामारीका बेला म्युकरमाइकोसिसको समस्या बढेको छ। यसबाट संक्रमित हुनेको संख्या भारतमा धेरै छ।

चिकित्सकहरुका अनुसार विशेषगरी तीनचारवटा अवस्थामा ब्लयाक फंगसको संक्रमण हुन्छ। डा. भट्टराइ भन्छन्, ‘एक, शरीरको रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम भएमा दुई, सुगर मधुमेह को रोगी भएमा र तीन, कोभिडको उपचारका क्रममा स्टेरोइड्स जस्ता इम्युनोमोडुलेटर औषधिको अनियन्त्रित प्रयोग गरेमा वा जसलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्‍यो अनि लामो समयसम्म अक्सिजन थेरापी दिनुपरेमा ।’ कोभिड–१९ को सक्रिय संक्रमितका साथै संक्रमणमुक्त भएको ६ साता नाघिसकेकालाई पनि म्युकरमाइकोसिस भएको छ।

यसको असली नाम राइनो–अर्बाइटो–सेरेब्रल म्युकरमाइकोसिस हो। जसमा राइनो भन्नाले नाक, अर्बाइटो भन्नाले आँखाको नानी रहने घर र सेरेब्रल भन्नाले मस्तिष्क हो। यसले विशेषतः यिनै अंगमा बढी आक्रमण गर्छ। तर, अन्य अंग जस्तै पेटको आन्द्रामा र छातीमा पनि असर गर्नसक्छ। तर, अहिले कोभिड–१९ का बेला नाक, आँखा र टाउकोमै बढी असर देखिएको छ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ८ : ०९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा