कोभिड–१९ बाट बालबच्चाहरू धेरै प्रभावित नभए पनि यसले उनीहरूलाई छोडेको भने छैन । कोभिड–१९ ले अप्रत्यक्षरूपमा नै सही बालबच्चालाई जीवनभर प्रभावित भने बनाउने छ ।
यसमा अपर्याप्त खाना, मानसिक स्वास्थ्यमा समस्या, समाजिकरूपमा एक्लोपन, स्कूल र स्वास्थ्य सेवाबाट अलग जस्ता विषयले बच्चाहरूलाई अप्रत्यक्षरूपमा प्रभावित बनाएको छ ।
कोभिड–१९ ले बालबच्चाको खानपिनमा समस्या निम्त्याएको छ । पोषणयुक्त खानामा कमी र खानाको वितरण प्रणालीमा समस्या जस्ता विषय बालबच्चासँग जोडिएर आएका छन् । यसले उनीहरूमा कम पोषण र बढी पोषणको समस्या निम्त्याएको छ ।
कोभिड महामारीसँगै विश्वभरका १४० मिलियन बालबालिका, त्यसमा पनि विशेषगरी विकाशील देशका, गरिबीको रेखामुनी पुगेका छन् । सन् २०२० को महामारीसँग विश्वभर करिब १३२ मिलियन मानिस भोकमारीमा परेका छन् जसमध्ये ४४ मिलियन बालबालिका छन् । यसका अतिरिक्त करिब ३७० मिलियन बालबच्चा पोषणयुक्त खानाबाट बञ्चित हुनु परेको छ । यसको मुख्य कारण स्कुल बन्द हुनु हो ।
यसका अतिरिक्त बालबच्चामा मोटोपन पनि देखिएको छ । पर्याप्त शारीरिक कसरत नहुँदा र खानाको समय नमिल्दा बालबच्चामा मोटोपन देखिएको हो । एक अध्ययनमा जनाइएअनुसार कोभिड महामारीको दौरान बालबच्चामा मोटोपन देखिनुको प्रमुख कारण खानपिनमा आएको परिवर्तन हो । महामारीको दौरान बच्चाहरूले धेरै र अस्वस्थ्यकर खाना खाँदा यस्तो समस्या आएको देखिएको छ ।
यसले हुने के जोखिम
बढ्दो कोभिडका कारण बच्चाहरूमा आल्पकालीन प्रभाव बढेको छ जसले गर्दा उनीहरूलाई आवश्यक पर्ने महत्वपूर्ण सहयोगको कमीका कारण हिंसा निम्तिने सम्भावना बढेर गएको छ । उनीहरू आवश्यक स्वास्थ्य सेवाबाट बञ्चित हुने अवस्था छ । अन्य रोगका लागि गर्नुपर्ने नित्य उपचार र भ्याक्सिन पाउने अवस्था छैन ।
भारतमा यस्तो प्रभाव झनै बढ्दो छ । यहाँ कुपोषणयुक्त बालबच्चाको संख्या धेरै छ र महामारीका कारण झनै बढ्ने खतरा छ । कुपोषणबाट ग्रसित बालबच्चाका लागि कोभिडको ठूलो प्रभाव पर्ने देखिन्छ । अभिभावकको आय स्रोतमा कमी आउँदा पनि बालबच्चाको खानपानमा असर पर्दैछ ।
‘ग्लोबल बर्डेन अफ डिजिजस्’ को एक अध्ययन अनुसार विश्वभर हुने ११ मिलियन (प्रत्येक ५ जनामा १ जना) मानिसको मृत्युको कारण आवश्यक खानापिनको कमी खानेबानीसँग सम्बन्धित हुन्छ । विश्वभर नै कोरोना भाइरसका कारण मृत्यु हुने १८ वर्षभन्दा कम उमेरका बालबालिकाको संख्या साढे ८ प्रतिशत रहेको छ । बालबालिकामा कोरोना भाइरस एकदमै कम मात्रामा देखिएको छ । यसको सम्भावना हजार जनामध्ये १ जनामा देखिएको छ ।
नयाँ भेरियन्टसँगै युवाहरूमा भ्याक्सिनेसनको क्रम बढ्दै जाँदा, भ्याक्सिन प्राप्त गरेका बच्चाका कारण भाइरसबाट सामूहिक उन्मुक्ति प्राप्त गर्ने सम्भावना बढी हुनेछ । बाह्र वर्षभन्दा कम उमेरका बच्चामा भ्याक्सिनेसन परीक्षण हुँदै गर्दा भ्याक्सिन प्रभावकारी बनाउन उनीहरूको पोषणयुक्त खानामा जोड दिनुपर्छ ।
अध्ययनहरूले के देखाएको छ भने बच्चाहरूको रोगप्रतिरोधात्मक क्षमता बढी हुन्छ । यसको मुख्य कारण बालबालिकाहरूमा शरीरले विभिन्न प्रकारको एन्टिबडी उत्पादन गर्छ जुन कोरोना भाइरससँग लड्न सहयोगी बनेको छ ।
बालबच्चा समान्यतया रुघाखोकी जस्ता मौसमी रोग लाग्ने गर्छ, यस्ता रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता ‘सार्स–कोभ २’ सँग पनि लड्न सहयोगी सिद्ध भएको देखिन्छ । विश्लेषकहरू बच्चाहरूमा कोभिड–१९ को प्रभाव कम हुनुमा आमाबाट बच्चा अवस्थामा प्राप्त हुने रोगप्रतिरोधात्मक क्षमतालाई प्रमुख कारण मान्छन् ।
कोभिडबाट कम बच्चाहरू प्रभावित भए पनि कुपोषणयुक्त, मधुमेहको बिरामी, आनुवंशिक सन्तुलन नमिलेका र मोटोपन भएका बच्चालाई यसले गम्भीर बिरामी बनाउन सक्छ । महामारीका कारण बच्चाहरूमा पोषणयुक्त खानाको कमी देखिएको छ । यसले भविष्यमा कुपोषणको समस्या निम्त्याउन सक्छ ।
बच्चाबाट संक्रमण फैलिने सम्भावना पनि कम देखिन्छ । नयाँ भेरियन्टसँगै युवाहरूमा भ्याक्सिनेसनको क्रम बढ्दै जाँदा, भ्याक्सिन प्राप्त गरेका बच्चाका कारण भाइरसबाट सामूहिक उन्मुक्ति प्राप्त गर्ने सम्भावना बढी हुनेछ । बाह्र वर्षभन्दा कम उमेरका बच्चामा भ्याक्सिनेसन परीक्षण हुँदै गर्दा भ्याक्सिन प्रभावकारी बनाउन उनीहरूको पोषणयुक्त खानामा जोड दिनुपर्छ ।
कस्तो खाना खाने
सन्तुलित र स्वास्थ्य खानाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै गम्भीर प्रकारका रोग लाग्नबाट बचाउँछ । यो महामारीको अवस्थामा बालबच्चाले पोषणयुक्त खाने कुरा खाऊन् भन्ने विषयमा चनाखो हुनुपर्छ, ६ महीनाभन्दा कम उमेरका बच्चालाई पूर्णरूपमा आमाको दूध खुवाउनुपर्छ । छ महीनाभन्दा बढी उमेरका बच्चालाई ४ प्रकारका भन्दा बढी खाना खुवाउनुपर्छ ।
जसमा अन्न, दाल, फलफूल र सागसब्जी, दूग्ध पदार्थ आदि पर्दछन् ।
रोग प्रतिरोधात्मक क्षमता कोरोना भाइरस विरुद्ध लड्न सबैभन्दा ठूलो हतियार हो । रोग प्रतिरोधात्मक क्षमता बढाउन पर्याप्त पोषणयुक्त खाना खाँदा त्यसले कोभिडबाट उत्पन्न हुन सक्ने दीर्घकालीन समस्याबाट बालबच्चालाई जोगाउन सकिन्छ ।
उदाहरणले के प्रष्ट गरेको छ भने भिटामिन, जिन, कपर र आइरनयुक्त खानाले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्नुका साथै संक्रमण हुने सम्भावना पनि कम गर्छ । चिनी जस्ता गुलियो खाना, नुन र तौल बढाउने बोसोयुक्त खाना परेज लगाउनुपर्छ ।
शारीरिक क्रियाकलाप र पोषणयुक्त खानाले हाम्रो रोगप्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । भिटामिन सी, डी र ई ले हाम्रो रोगप्रतिरोधात्मक क्षमता बढाउनुका साथै सक्रमणसँग लड्न सहयोग पुग्छ । भिटामिन सी र ई मा हुने एन्टिअक्सिडेन्टले संक्रमण फैलिनबाट जोगाउनुका साथै प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ ।
अमिलो फलफूल, पहेँलो फलफूल र सागसब्जी, अदुवा, लसुन, दही, बदाम, बेसार जस्ता खानेकुरा बालबच्चाको खानामा राख्दा त्यसले रोगसँग लड्न मद्दत पुग्छ । यस्तै प्रशस्त पानी र पर्याप्त निद्राले पनि रोगसँग लड्न सहयोग पुग्छ ।
टर्कीका एक विद्वानले भनेको जस्तै रोग प्रतिरोधात्मक क्षमता कोरोना भाइरस विरुद्ध लड्न सबैभन्दा ठूलो हतियार हो । रोग प्रतिरोधात्मक क्षमता बढाउन पर्याप्त पोषणयुक्त खाना खाँदा त्यसले कोभिडबाट उत्पन्न हुन सक्ने दीर्घकालीन समस्याबाट बालबच्चालाई जोगाउन सकिन्छ ।
(डा. शोवा सुरी प्रशिक्षित शिशु र बालआहार परामर्श विशेषज्ञ हुन् । उनले यस विषयमा ४० भन्दा बढी वैज्ञानिक शोध प्रकाशन गरेकी छन् । २६ मे २०२१ मा अब्रजभर रिसर्च फाउन्डेशनमा प्रकाशित यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)
प्रतिक्रिया