प्रदेशसभा सदस्यको कारले ठक्कर दिँदा एक जनाको मृत्यु « Khabarhub

प्रदेशसभा सदस्यको कारले ठक्कर दिँदा एक जनाको मृत्यु


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेस प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

प्रदेशसभा सदस्य कार्कीका छोरा रोविन कार्की चढेको गाडीको ठक्करले पैदलयात्री ३५ वर्षे मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

विराटनगर महानगरपालिका ४ स्थित विमानस्थल सडकमा बिहीबार राति करिब पौने ८ बजे रविनसहित अन्य दुई युवती सवार कार दुर्घटना हुँदा शर्माको मृत्यु भएको हो।

शर्मा भारतीय नागरिक रहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । अर्का पैदलयात्री २४ वर्षीय रामकुमार राजवंशी गम्भीर घाइते भएका छन्।

राजवंशी कटहरी गाँउपालिका निवासी हुन्। दुवै जना स्थानीय एक फर्निचर उद्योगमा कार्यरत श्रमिक हुन्।

विमानस्थल सडकको पूर्वबाट पश्चिमतर्फ जानेक्रममा प्रदेशसभा सदस्य कार्कीको प्र ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो।

घटना लगत्तै कार्की फरार भएको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ९ : १४ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द